Monday, June 29, 2020

MCC नेताहरुको उत्साह जनताहरु आक्रोशित

enough is enough team during 
fasting

      अमेरिकी सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएको MCC अर्थात Millennium Challenge Corporation अहिले सबैको चासोको विषय बनेको छ । विगतका दिनदेखि हालसम्म गरिएका सन्धि सम्झौता देखी विकासका कार्यक्रमहरुमा कि त राष्ट्रिय हित विपरीत साबित हुनु, कि त नेताहरूको स्व-स्वार्थमा सिमित हुनुले जनताको नजरमा दिनप्रतिदिन जनप्रतिनिधि प्रति गुमिरहेको विश्वास र अमेरिकी सरकारले सहयोगको भावनाले पाइला चाली कष्टकर बनाइदिएको विभिन्न देशको अवस्था देख्दा जनता उग्र बिरोधि बनेर सडकमा उत्रिएका छन् । राजनीतिक अराजकता अन्त्य गरि स्थायित्व ल्याउने प्रतिवद्दता दिलाएर निर्माण भएको नयाँ सरकारको चाल देखेर पनि जनता तातेको बताउँछन् यहीँ भिडका एक सर्वसाधारण जगत फुयालस्वार्थ विपरित कुनैैैैै पनि राष्ट्रले यत्तिकै सहयोगको नाममा पैसा दान गर्दैन भन्ने चेत पनि नेपाली जनताको मानसिकतामा प्रवेश गरिसकेको प्रस्ट बुझ्न सकिन्छ ।

नेताहरु दिनप्रतिदिन MCC नेपालको पक्षमा रहेको दावी गरिरहदा बिज्ञ पक्ष भने यसका केही सर्त नेपालको विरुद्धमा रहेको र यसको ठूलो सङ्कट नेपाली जनताले भोग्नुपर्ने तर्क प्रस्तुत गर्छन् साथमा नेताहरूको चलखेल र आर्थिक मोहले MCC उनिहरुको मोह बनेको सर्वसाधारणको ठम्याइ छ। । COVID-19 CORONA (कोरोना) को कहरले विदेशबाट आउने नेपाली श्रम र भ्रष्टाचार उन्मूलन तथा संङ्कास्पद लागेका सवै क्षेत्रमा छापा मार्ने हो भने अमेरिकी सरकारले दिने भन्दा ठूलो धनराशि जम्मा तथा उच्च विकास गर्न सकिने बिचार व्यक्त गर्छन् MCC विरोध कार्यक्रममा संलग्न जीवन न्योपाने । त्यस्तै पाटनमा युवा वर्गको अनशन जनस्तरबाट भइरहेको बिरोधसभा र नागरिकको नेेपालमै केेही गर्ने उच्च जोश तथा जागरले नेपालमै गर्न सकिने अवशर र क्षमता प्रश्ट हुन्छ ।