माघ, काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।
मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पानि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको छैन ।
भारतले अनुदानमा दिने भनिएको कोभिसिल्ड खोप यसै साता औषधि व्यावस्था विभागमा दर्ता भइसकेको छ ।
भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ ।
‘अहिलेसम्मको तयारी अनुसार यही साताभित्र खोप आउने देखिएको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुरुप हामी तयारीमा लागेका छौं ।’
यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साता भित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ ।
अमेरिकी सरकारले हरेक वर्ष जस्तै 2022 का निम्ति खुल्ला गरेको EDV अर्थात electricity diversity visa को रिजल्ट पर्खाइमा तमाम नेपाली हुनुहुन्छ । हालै अमेरिकी विभागबाट प्रकाशित विज्ञप्ति अनुरुप 7 Oct,2020 देखि 10 Nov,2020 खुलेको EDV को रिजल्ट 2021 को May 8 मा आउने छ। जुन परे नपरेको हेर्न तल दिइएको लिंक थिच्नुहोला ।
थप जानकारी र सुचनामुलक समाचार तथा ज्ञानगुनका निम्ति हाम्रो यस च्यानल subscribe गर्न नभुल्नु होला । आशा छ यस वर्षको DV LOTTERY सम्पुर्ण हाम्रा पाठकहरुकै हुनेछ ।
माघ २ गते शुक्रबारदेखि खुला भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओमा आवेदन दिने आज (माघ ६ गते) अन्तिम दिन हो।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ। त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ। बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
बैंकले ठूलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने पक्का छ।
पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ। अझै डिम्याट खाता खोल्नेको संख्या पनि दैनिक तिब्र रुपले बढ्दैछ। त्यस अनुसार बैंकको आईपीओमा आवेदन दिनेको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ।
इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।
दक्षिण कोरिया र चीनबीच पछिल्ला केही दशकमा विभिन्न कारणले कूटनीतिक तनाव निम्तिए। तर धैरै मानिसलाई आश्चर्य लाग्न सक्छ। पछिल्लो विवाद बन्दाकोबीको अचारको परिकारसँग सम्बन्धित थियो।
सोल र बेइजिङबीच डिसेम्बर महिनाको शुरूमा विवाद उत्पन्न हुनुको कारण चीनले सिचुआन प्रान्तको एउटा परिकार पाओ चाइ बन्न पुग्यो।
दक्षिण कोरियाको विश्वचर्चित परिकार किम्चीसँग मिल्दोजुल्दो पाओ चाइलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र दिइएपछि पछिल्लो घटनाक्रमको विकास भएको थियो।
त्यसपछि चीनको सरकारी समाचारपत्र द इन्टरन्याश्नल टाइम्सले गुणस्तर मापदण्ड हेर्ने अन्तर्राष्ट्रिय निकाय इनटरन्याश्नल अर्गनाइजेशन फर स्टयान्डर्डआइजेशन (आइएसओ)ले चीनको नेतृत्वमा रहेको पाओ चाइलाई अन्तर्राष्ट्रिय किम्ची उद्योगको मापदण्डका रूपमा स्वीकार गरिएको प्रतिक्रिया दियो।
आइएसओले उक्त दाबीलाई अस्वीकार गर्दै त्यो किम्ची नभई पाओ चाइको हकमा मात्रै लागु हुने बताएको भए पनि दक्षिण कोरियाको कृषि मन्त्रालयले आधिकारीक रूपमा चीनसँग विरोध जनायो।
त्यसपछि उक्त परिकारका राष्ट्रवादी पारखीहरू समाजिक सञ्जालमा एकअर्काविरुद्ध आक्रोश व्यक्त गर्दै पक्षविपक्षमा उत्रिए।
तर परिकारको उत्पत्तिलाई लिएर भएको यो पहिलो विवाद होइन। यहाँ पाँचवटा त्यस्ता विवादरू प्रस्तुत गरिएको छः
दक्षिण अमेरिका: आलुको उत्पत्तिलाई लिएर विवाद
विश्वको मुख्य खाद्यान्नमा पर्ने आलु दक्षिण अमेरिकाबाट उत्पत्ति भएको हो।
सन् १५३० को दशकमा स्पेनी अतिक्रमणपछि आलु युरोपमा पुगेको थियो।
तर जब युरोपमा आलुको बीउका बारेमा जानकारी गराइयो, उत्तर अमेरिकामा राष्ट्रिय सीमाहरू नै थिएनन्।
त्यसकै कारण १९ औँ शताब्दीमा युद्धसहित तनावको इतिहास रहेका छिमेकी पेरु र चीलेले आलुमाथि दाबी पेश गरे।
कला र विज्ञान दुवैमार्फत् आफ्ना तर्क प्रस्तुत गरेका चीलेका नागरिकहरूले साहित्यतर्फको नोबेल पुरस्कार विजेता पाब्लो नेरुदाको “एन ओड टु द पोट्याटो” नामक कविताको पनि चर्चा गरेका थिए।
चीलेको कृषि मन्त्रालयले सन् २००८ मा विश्वका ’९९ प्रतिशत आलुको कुनै न कुनै रूपमा आनुवंशिक सम्बन्ध चिलेको आलुसँग भएको’ उल्लेख गरेको थियो।
त्यसबाट आक्रोशित भएका पेरुका अधिकारीहरूले आलुको मुख्य पुर्खा लेक टिटिकाको उत्तरी तटमा पर्ने क्षेत्रबाट आएको भन्ने आफ्ना विज्ञहरूले प्रतिवेदन दिएको बताए।
पेरूका अधिकारीहरूले आफ्नो देशको उक्त बालीले ‘युरोपलाई भोकबाट जोगाएको’ भन्दै धक्कु लगाउने गरेका छन्।
हुमुस: मध्यपूर्वको झगडा
मध्यपूर्वका धेरै देशले सानो खालको चनाको पिनेर बनाइने हुमुस कहाँ उत्पत्ति भयो भनेर विवाद गरिरहेका छन्।
तर इजरेल र लेबनानले विवादलाई नयाँ तहमा पुर्याउने क्रममा उक्त परिकार आफ्नो सभ्यताको हिस्सा रहेको बताए।
इजरेलका विज्ञहरूले उदाहरणका लागि दुई हजार वर्षभन्दा पनि पुराना यहूदी दस्ताबेजहरूमा त्यसबारे चर्चा भएको बताए।
सन् २००८ मा लेबनानी उत्पादकहरूले गैरकानुनी रूपमा हुमुस आफ्नो भन्दै बजारीकरण गरेको भन्दै इजरेलविरुद्ध कानुनी कारबाही अघि बढाए।
लेबनानले हुमुसलाई लेबनानको परिकारका रूपमा मान्यता दिन युरोपेली सङ्घमा निवेदन नै दर्ज गरायो।
दुवै प्रयास विफल भयो र ईयूले उक्त परिकार इजरेल पनि समेटने सम्पूर्ण मध्यपूर्वको खानेकुरा भएको निष्कर्ष सुनायो।
त्यसपछि इजरेल र लेबनानले पालैपालो सबैभन्दा ठूलो हुमुसको कीर्तिमान राख्ने प्रतिस्पर्धा अघि बढाएपछि हुमुस युद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्डससम्म पुग्यो।
अहिले मे २०१० मा लेबनानले बनाएको १० हजार ४ सय ५० केजीको हुमुसले उक्त कीर्तिमान राखेको छ।
जोलअफ पुलाउले निम्त्याएको हल्लीखल्ली
जोलअफ पुलाउ पश्चिम अफ्रिकी देशहरू सेनेगल, घाना, नाइजेरिया, गाम्बिया, सिएर लियोन, लाइबेरिया र क्यामरुनमा निकै लोकप्रिय छ।
सबै देशहरूले फरकफरक रूपमा बनाउने गरेको यो परिकारको आफूले बनाएको शैली उत्कृष्ट रहेको बताउने गरेका छन्।
यो संवेदनशील विषय हो र सन् २०१७ मा सेनेगलको जोलअफको गल्तीले प्रशंसा गर्दै गीत गाएपछि नाइजेरियाका सूचना तथा सञ्चारमन्त्रीको चर्को आलोचना भयो।
समाजिक सञ्जालमा चर्को आलोचना भएपछि देशका उपरराष्ट्रपतिले उनको बचाउ गरे।
तर उनले नाइजेरियाको जोलोफ पुलाउ उत्कृष्ट रहेको भन्न छुटाएनन्।
जब ओबामाले टर्की-ग्रीस ‘डेजअर्ट’ द्वन्द्व निम्त्याए
पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामाले एक पटक नजानिकन टर्की र ग्रीसबीच खानेकुराको विषयमा द्वन्द्व उत्पन्न गराए।
गम्भीर राजनीतिक मतभेदहरू रहेका यी देशबीच साझा राष्ट्रिय परिकारमा पर्ने कतिपय खानेकुराको उत्पत्तिलाई लिएर मतभेद छ।
त्यसमा भोजनको अन्त्यमा खाइने बदाम, मह र केकले बनेको बाकलवा ‘डेजअर्ट’ पनि पर्छ।
ग्रीक स्वतन्त्रता दिवसका अवसरमा ओबामाले सन् २०१२ मा रात्रिभोजको आयोजना गरेका थिए।
त्यसमा ग्रीक सेफ मरिया लोइले भोजन बनाइन्।
लोइले पछि ओबामाले ‘बाकलवा’लाई मन पराएको बताएपछि टर्कीका सञ्चारमाध्यमले ग्रीक परिकारको रूपमा त्यसलाई मान्यता दिइएको अर्थमा उक्त घटनालाई लिए।
त्यसले राष्ट्रपति ओबामालाई जता उभिए पनि कूटनीतिक रूपमा अप्ठेरो हुने परिस्थितिमा पुर्यायो।
त्यसअघि उक्त मिठाईलाई साइप्रसको राष्ट्रिय परिकारका रूपमा प्रस्तुत गर्ने युरोपेली सङ्घको अभियानको टर्कीका बाकलवा उत्पादकहरूले निन्दा गरेका थिए।
भारत र पाकिस्ताबीचको जारी विवाद
भारत र पाकिस्तानबीच विवादित मुद्दाहरूको कमी छैन तर पछिल्लो विवाद चामलसँग सम्बन्धित छ।
यसै वर्षको अक्टोबर महिनामा भारतले मगमग बास्ना आउने बासमती चामलको पूर्ण भौगोलिक सङ्केत सहितको हैसियत आफूलाई उपलब्ध गराउने युरोपेली सङ्घमा आवेदन दियो।
भारतले ईयूको मागको दुई तिहाइ बासमती चामल निर्यात गर्ने गर्छ।
यसको अर्थ भारतमा उत्पादित बासमती चामलले मात्रै युरोपेली सङ्घ आबद्ध देशमा मान्यता पाउँथे।
तर ईयूलाई बाँकी एक तिहाई बासमती चामल आपूर्ति गर्दै आएको पाकिस्तानले दिल्लीको कदमप्रति असन्तुष्टि जनाए।
उक्त विषयमा अझै पनि युरोपेली आयोगले निर्णय गर्न बाँकी छ।
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत भ्रमण उपलब्धिमूलक भएकाे बताउनु भएकाे छ ।
तीन दिने भारत भ्रमण सकेर शुक्रबार साँझ स्वदेश आईपुग्नुभएका मन्त्री ज्ञवालीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकाहरूसँग साे कुरा बताउनुभएकाे हाे ।
भारत भ्रमण दुई देशीय सम्बन्धलाई मजबूद बनाउन केन्द्रित रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका आर्थिक, सामाजिक राजनीतिक, सांस्कृतिक लगायत विविध आयाममा सकारात्मक छलफल भयाे, दुई देशबीच विभिन्न विषयमा सहमति पनि भएकाे छ ।'
सीमा समस्यालाई छिटो भन्दा छिटाे समाधान गर्न दुवै देश सहमत भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे । काेराेनाविरूद्धकाे खाेपकाे उपलब्धता लगायत विविध विषयमा भारतसँग विभिन्न सहमति भएकाे मन्त्री ज्ञवालीले बताउनुभयाे । अत्यावश्यक क्षेत्रका लागि तत्काल कोभिड खोप उपलब्ध गराउन भारत तयार रहेकाे जानकारी उहाँले दिनुभयाे ।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा ट्रान्समिसन लाईन, भूकम्पपछिको पुनर्निमाणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने, कृषि क्षेत्रमा थप सहकार्य गर्ने लगायत बिषयमा सहमति भएको उहाँले बताउनुभयाे । उहाँका अनुसार कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्ने लगायत विषयमा दुई देशबीच सहमति भएकाे छ ।
रक्सौल, काठमाडाैं रेलमार्ग निर्माण कामको फिल्ड लोकेसन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकाले तत्काल काम थाल्ने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे । महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने र भैरहवामा एकीकृत चेकपोस्टको काम थाल्ने सहमति भएकाे पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे ।
संयुक्त आयाेगकाे बैठकमा भाग लिन मन्त्री ज्ञवाली नेतृत्वकाे टाेली माघ १ गते भारतकाे नयाँ दिल्ली गएकाे थियाे ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को आईपीओमा पहिलो दिन नै ४९ प्रतिशत शेयरमा आवेदन परेको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबार साढे ४ बजे सम्म्मा कुल निष्काशनको ४८.८७ प्रतिशत शेयरको लागि आवेदन परेको हो ।
बैंकको आईपीओमा २ लाख ८५ हजार ३१८ आबेदनबाट ३ करोड ७० लाख ६२ हजार ६७० कित्ता शेयरको लागि ३ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको ४८.८७ प्रतिशत हुन आउने छ ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।
बैंकको आईपीओमा छिटोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ ।
बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।
बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने पक्का छ ।
पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ । अझै डिम्याट खाता खोल्नेको संख्या पनि दैनिक तिब्र रुपले बढ्दैछ । त्यस अनुसार बैंकको आईपीओमा आवेदन गर्नेको १५ लाख पुग्ने सहजै अनुमान गर्न सकिन्छ ।
त्यस अनुसार सबै आवेदनलाई समानुपातिक रुपले वितरण गर्दा पनि न्युनतम ५० कित्ता शेयर पर्ने देखिन्छ । तर सबै आवेदनले ५० कित्ताको लागि आबेदन नगर्नपनि सक्छ । त्यसैले न्युनतम ५० देखि ७० कित्ता सम्मको लागि आवेदन गर्दा उपयुक्त हुने देखिन्छ ।
इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।