काठमाडौं,भारतिय प्रधानमन्त्रीले लद्दाख पुगेर दिएको हौसला एवम् सैनिक सम्मानले मोदी कोरोनाको चापमा पनि राष्ट्र सुरक्षा एवम् अन्तरसम्बन्ध स्थापित गर्न चुकेका छैनन् भन्ने प्रस्ट हुन्छ तर हाम्रा सरकारवाला कठपुतली भएर सिमा सुरक्षा, जनतासँगको आत्मियता, कोरोना रोकथाम तथा व्यवस्थापनका साथै प्रेरणाको स्रोत बन्नबाट चुकेको प्रश्ट हुन्छ साथै नेपाली राजनेताहरुको क्षमता र त्यसतर्फको लगाव पनि प्रस्टिन्छ । नेपलको तर्फबाट पठाइएका सिमावार्ताका पत्रहरुको व्यवास्था गर्दै अाफ्ना कुटनैतिक कार्य र वैदेशिक वार्तामा नचुकेको भारतले नेपाललाई अपहेलना गरेको जनताको ठम्याइ छ ।राजतन्त्र अन्त्य गर्ने देखि लिएर नेपाली संविधान प्रति अाफ्नो हैकम जमाउँन खोज्ने भारत सरकार हिजोका दिनहरूमा सरह पार्टी बिथोल्न त लागेको हैन ?इतिहास फर्केर हेर्यो भने पक्कै हो भन्ने आशय निम्तन्छ ।भारतिय मिडियाहरुको अभिव्यक्तिले भारतीय जनतामा फैलाइरहेको उग्र राष्ट्रभाव तथा अभिव्यक्तिबाट जनतामा पनि एकअर्काप्रति दिनप्रतिदिन नकारात्मकता फैलिरहेको युट्युब तथा सोसल मिडियाका बिरोधाभाषी अभिव्यक्तिहरुले प्रस्ट पार्छन् ।नेपाल सरकारको उच्चपदस्थ व्यक्तिहरु राजनीतिक खिचातानी एवम् स्व-स्वार्थमा केन्द्रित हुँदा राष्ट्रिय सिमा सुरक्षा दिनप्रतिदिन दलदलमा अग्रसर भइरहेको प्रस्टिन्छ ।नेपाली सेनासँग अाधुनिक हातहतियार नहुनु र राजनीतिक पदहरु सम्हाल्ने व्यक्तिहरु थप उचाइमा पुग्न भारतिय राजनीतिक दलहरुसँग झुक्ने परिपाटीले भारत नेपालप्रति अन्तर्राष्ट्रिय नितिविपरित जादापनि कुनै असर देखिदैँन ।हामी आत्मसम्मानका कुरा तथा इतिहासको भरमा आफ्नो पहिचान दिन खोज्ने चलनले अाफ्नो क्षमतामा लात हान्दै वैदेशिक सरसामान तथा सेवा प्रयोग गर्छौ जसको फलस्वरूप भारतलाई समस्या निम्तिएमा निर्यात तथा आयातमा रोक लगाइ झुकाउन सक्ने नेपालको अन्तरिम संविधान जारि गर्दै देखिएको सजिलो तथा सबैले भोगेको उदाहरण हो ।कुर्सीकै लागि चलिरहेको राजनीति वैदेशिक रुपमा नचल्नुले नेपाल छिटै क्यारेमको गोटी बन्ने प्रस्ट छ।आत्मनिर्भरका सपना साचेर स्वदेशी उत्पादन प्रति तिरस्कारको भावले विदेशी सरसामान र सेवा प्रयोगले उत्पादक केही बन्द त केही बन्द गर्नुपर्ने स्थितिमा अडेका छन् जसले सिर्जनात्मकतामा पनि कमी ल्याएको छ त्यसैले नेपाली हुनुमा गर्भगर्ने भए स्वदेशी प्रडक्ट प्रयोग तथा वैदेशिक सरसामान विस्थापन गर्ने देखि लिएर हरेक नागरिक आफ्नो क्षेत्रबाट हालको स्वार्थीपन छाडेर पुर्खाले अपनाएको समाजसेवा, राष्ट्र सम्मान तथा मानवताको कदर गर्दै स्थानीय स्तरबाटै राष्ट्र निर्माण गर्ने सरकारको मात्रै भुमिका हो भन्ने मानसिकता परिवर्तन गरि अग्रसर बनौँ ।
Friday, July 3, 2020
Monday, June 29, 2020
MCC नेताहरुको उत्साह जनताहरु आक्रोशित
![]() |
| enough is enough team during |
fasting
अमेरिकी सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएको MCC अर्थात Millennium Challenge Corporation अहिले सबैको चासोको विषय बनेको छ । विगतका दिनदेखि हालसम्म गरिएका सन्धि सम्झौता देखी विकासका कार्यक्रमहरुमा कि त राष्ट्रिय हित विपरीत साबित हुनु, कि त नेताहरूको स्व-स्वार्थमा सिमित हुनुले जनताको नजरमा दिनप्रतिदिन जनप्रतिनिधि प्रति गुमिरहेको विश्वास र अमेरिकी सरकारले सहयोगको भावनाले पाइला चाली कष्टकर बनाइदिएको विभिन्न देशको अवस्था देख्दा जनता उग्र बिरोधि बनेर सडकमा उत्रिएका छन् । राजनीतिक अराजकता अन्त्य गरि स्थायित्व ल्याउने प्रतिवद्दता दिलाएर निर्माण भएको नयाँ सरकारको चाल देखेर पनि जनता तातेको बताउँछन् यहीँ भिडका एक सर्वसाधारण जगत फुयाल ।स्वार्थ विपरित कुनैैैैै पनि राष्ट्रले यत्तिकै सहयोगको नाममा पैसा दान गर्दैन भन्ने चेत पनि नेपाली जनताको मानसिकतामा प्रवेश गरिसकेको प्रस्ट बुझ्न सकिन्छ ।
नेताहरु दिनप्रतिदिन MCC नेपालको पक्षमा रहेको दावी गरिरहदा बिज्ञ पक्ष भने यसका केही सर्त नेपालको विरुद्धमा रहेको र यसको ठूलो सङ्कट नेपाली जनताले भोग्नुपर्ने तर्क प्रस्तुत गर्छन् साथमा नेताहरूको चलखेल र आर्थिक मोहले MCC उनिहरुको मोह बनेको सर्वसाधारणको ठम्याइ छ। । COVID-19 CORONA (कोरोना) को कहरले विदेशबाट आउने नेपाली श्रम र भ्रष्टाचार उन्मूलन तथा संङ्कास्पद लागेका सवै क्षेत्रमा छापा मार्ने हो भने अमेरिकी सरकारले दिने भन्दा ठूलो धनराशि जम्मा तथा उच्च विकास गर्न सकिने बिचार व्यक्त गर्छन् MCC विरोध कार्यक्रममा संलग्न जीवन न्योपाने । त्यस्तै पाटनमा युवा वर्गको अनशन जनस्तरबाट भइरहेको बिरोधसभा र नागरिकको नेेपालमै केेही गर्ने उच्च जोश तथा जागरले नेपालमै गर्न सकिने अवशर र क्षमता प्रश्ट हुन्छ ।
Saturday, May 23, 2020
The hidden life of garbage by heather rogess
“The Hidden
Life of Garbage” discusses the waste disposal in the U.S. And how dangerous
it’s getting. Land dumping has been the primary disposal method for many years
because of the low cost. Land dumping is when the waste is dumped into a
landfill. A landfill is a carefully designed structure built into or on top of
the ground in which trash is isolated from the surrounding environment. This
isolation is accomplished with a bottom liner and daily covering of soil. A
sanitary landfill uses a clay liner to isolate the trash from the environment.
Although the methods of waste disposal have improved over time, getting rid of
garbage is quickly becoming a big problem because our methods of waste disposal
are only a temporary solution. The waste that cannot decompose naturally, just
sits there and begins to build up. Incineration is another method used in waste
disposal, however, this poses another problem because it fills the air we
breath with dense smoke, which is toxic to our environment. The composition
also talks about how the major waste disposal corporations try to keep the
problem hidden from the general public. They keep it hidden because it would
cause problems for the corporation if the people actually knew what was
happening.”If people saw what happened to their waste, lived with the stench,
witnessed the scale of destruction, they might start asking difficult
questions” (Rogers 189), trash, waste, rubble, junk, whatever you may call it,
we all have it. The average American produces about 4.5 pounds of it everyday. The United States makes
more garbage than any other country on the planet. We have 5% of the people on
Earth, but make almost 1/3 of all the world’s garbage. It’s not a pretty
subject and it’s a topic which most people tend to avoid. Once it’s out their
door and into their trash cans, people could care less. I fully agree with
Heather Rogers, if people actually saw where their waste is going and how it is
affecting our environment, they would probably be horrified. Even with the
improvements we’ve made, the waste disposal methods aren’t enough. “The
more state-of-the-art, the more ‘environmentally responsible ‘ the operation,
the more repressed question pushes to the surface: what if we didn’t have so
much trash to get rid of?” (Rogers 191). Personally, I have always been a big
advocate of recycling and repurposing. Through my volunteer work, I saw first
hand what our large amount waste is doing to our planet and decided to make a
change. Plastic is the biggest contributor to the amount of waste we have,
because it takes about 500 years
to decompose in a landfill. For this reason, I always try to use a
refillable canteen (BPA free) instead of plastic water bottles, and I don’t use
paper plates, cups, or utensils. I also try to use fabric grocery bags instead
of plastic ones. By making little changes such as these, our waste output would
drastically lessen, and reduce the amount of toxins in our environment. I also
think that everyone should read Heather Rogers’ “The Hidden Life of Garbage” to
help people become aware of this problem and encourage them to make a change.
Subscribe to:
Posts (Atom)



