हरेक नेपालिको कर्तव्य हुन्छ कि देश विकासमा अाफ्नो क्षेत्रबाट सहयोग गर्नु तर के नेपाली यस कुरालाई सहज र सत्यको रुपमा हेर्छन् त ? देशमा भइरहेको राजनीतिक खिचातानी र नेतृत्वरहित नेतृत्व प्रणालीले देश देखावटी र अन्धकारका दुई पात्रसरी भएर जडजडतामा अल्झेको छ । धनको कालो मुखको सवैले लक्ष्य राखिरहदा देश निर्माणको सपथ खानेहरु देखि लिएर साधारण जनतासम्म कुरा काट्ने प्रवृत्तिकै व्यवहार अपनाउँदा नेपालीपनमा धक्का लागेको आभाष हुन्छ । आज अाफ्नै संस्कृतिलाई तिरस्कारमा मोलेर अाफु हुर्केको समसामयिक रीति बिर्सेर बाह्य संस्कृति र भाषाको गुलाम बनेका नेपाली अाफ्नो पहिचानलाई दागबत्ती दिएर भिन्न परिवेशमा प्रवेश गर्नु एक असल नेपाली नभएर देशद्रोही भन्दा फरक नपर्ला । अाफ्नो ज्ञानको भण्डारलाई कुल्चेर बाह्य ज्ञानलाई प्राथमिकता दिनु अाफ्नै मातृत्व अादेशलाई फोहोरमा मिल्काएको नभनेर के भन्नू ? विकासको कुरा गर्ने नेपालीलाई "विकास जनता अाफै अग्रसर भएर गर्ने हो, सरकारले त असल अभिभाव्त्व निर्वाह गर्ने हो" भनेर कसले सिकाउने खैँ ? चिनको विकासका कुरा गर्दा नेपालीहरु मध्ये त्यहाँका जनताले निभाएको कर्तव्य कसले हेर्ने खैँ ? नकारात्मक र अन्धविश्वासका कुरामा हातमा हात थमाएर अघि बढ्ने तर सत्य सधै छोप्ने प्रवृत्ति कहिले अन्य हुने हो खैँ ? अाज समाजका नकारात्मक कुरालाई केलाउने भन्दापनि सानो सोचले विकासको फड्को मार्न सक्ने चेतनालाई उजागर गर्ने हेतु लिएको छु ।
*देशभर हाल प्रत्येक दिन चुरोट सेवन गर्ने जनसंख्या न्यूनतम् पनि ३२% भन्दा माथी छ । जसमध्ये म नेपाली हुँ र मैले परिवर्तनलाई समर्थन गर्नुपर्छ भन्ने जनसंख्या २५% मात्र रह्यो भनेपनि १,००,००,००० जनसंख्याले दिनको २ चुरोट राष्ट्रको नाममा सहयोग गरेभने मात्र =१,००,००,००० × ३०
=३०,००,००,०००/- बजेट हुन्छ । जसले Rs ३,००,००,०००/- का १० उधोग खोले १०००० जनसंख्या रोजगार युक्त हुनेछन् र देश नवीन पथमा हिड्ने छ साथै हाम्रो अस्थित्व पनि विश्ववजारमा छुट्टै हुनेछ । हरेक परिवार अाफ्ना सन्तान कुलत मुक्त भएको हेर्न चाहान्छन् साथै स्वदेशमै रोजगारको अपेक्षा लिन्छन् । हिज हाम्रा अभिभावक मात्र कुलतमा समावेश हुने परम्परा विकसित भएर सन्तानसम्म अाएको छ कुनैदिन नावालक पनि सामेल नहोस् ।
*साधारण व्यक्तिले टेलिफोनमा मासिक Rs.२०० /- देखि उच्चस्तरिय व्यक्तिले Rs.२,०००/- न्यूनतम् खर्च गर्छ । हाल ६२% नेपालीको हातमा प्राइभेट फोन छन् जसअनुरुप २,४८,००,००० जनसंख्या हुन्छ । यदि यो जनसंख्याले Rs.२ /- मात्र राष्ट्रको विकासका नाममा सहयोग गरे Rs.४,९६,००,०००/- हुन्छ जसले ३ उधोग खोले मात्रै ५०० जनसंख्या रोजगार युक्त हुनेछन् जुन अाफैमा अात्मनिर्भरताको ठूलो फड्को सावित हुनेछ ।
*निजगढ विमानस्थल बनाउने नाउँमा काठ तस्करिको माध्यममा अायअार्जनका सपना सजाउने नेतृत्वकर्मी अाज 2.4 मिलियन रुख काट्दै छन् जवकी हाम्रो देशमा ३ अन्तर्राष्ट्रिय हवाई सेवाका निमित्त एयरपोर्ट बन्दै छन् । यो हाम्रो अनमोल सम्पत्ति हो जहाँ रहेका रुख अधिकांश साल सिसौ छन् यसले भविस्यमा ठूलो टेवा पुग्छ विकास मात्र हैन पर्यावरण पनि मध्यनजर गरि छाडा चौपाया व्यवस्थापन गरि सो क्षेत्रमा सरकारी तवरले संरक्षण होस । नेपाल भित्रने १०,००,००० पर्यटनका लागि ३ एयरपोर्ट उपयुक्त छ र निजगढको खर्च केही सो क्षेत्रमा तारवार र संरक्षणमा र अन्य ती विमानस्थल स्तरउन्नती र अागन्तुक सेवा सुविधामा खर्च गरौँ ।
साधारण चालले पनि ठूलो प्रगति गर्न सकिने हुदा बेलैमा सचेत नहुनु पछुताउने बाटो हुनसक्छ ।