काठमाण्डाै – सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरकाे माध्यमबाट सम्पर्क गरेपछि नाै जनाकाे हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्डकाे सजाय दिइने भएकाे छ । यस हाई–प्राेफाइल मामिलाले पूरै जापानलाई हल्लाएकाे थियाे ।
'ट्विटर किलर' काे नामबाट चर्चित टाकाहिराे शिराइशी बस्ने फ्ल्याटमा सन् २०१७ मा मानव शरीरकाे अङ्ग भेटिएपछि उनलाई पक्राउ गरिएकाे थियाे ।
साेधपुछमा ३० वर्षीय टाकाहिराेले हत्या गरेकाे र उनीहरूकाे अङ्ग क्षतविक्षत गरेकाे स्वीकार गरे । तीमध्ये धेरै महिलाहरू थिए, जाेसँग उनी सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सम्पर्कमा आएका थिए ।
'सिरियल किलिङ' काे यस मामिला सार्वजनिक भएपछि अनलाइन प्लेटफर्ममा 'आत्महत्या' काे विषयमा कसरी कुरा गर्न सकिन्छ भनेर तीव्र रूपमा बहस भएकाे थियाे ।
स्थानीय मिडियाका अनुसार मङ्गलबार चार सयभन्दा धेरैले यस फैसलालाई सुनेका थिएँ जबकि अदालतमा मात्र १६ जनाका लागि बस्ने ठाउँ थियाे ।
जापनकाे समाचार एजेन्सी क्याेदाेले यस मामिलामा आधिकारिक भनाइ उद्धृत गर्दै भनेकाे छ– सन् २०१७ अगस्टदेखि अक्टाेबरकाे बीच उनले १५ देखि २६ वर्षका आठ महिला र एक पुरूष घाँटी थिचेर हत्या गरे र उनीहरूकाे अङ्ग क्षतविक्षत गरे ।
No comments:
Post a Comment