Monday, May 18, 2020

REVENGE NEPALI LOVE STORY BY BINOD KHANAL /रिभेन्ज नेपाली प्रेम कथा

                                    रिभेन्ज

                            कथासङ्ग्रह "रिभेन्ज"
      बगैचा तवसम्म अाकर्षक हुदैन जवसम्म फुलहरु फुल्दैनन् ।फुलहरु तवसम्म अाकर्षक हुदैनन् जवसम्म फक्रेर सुवास फैलिदैन ।जब बगैचा ,फुल र सुवासको मेल हुन्छ तब सवैका अाँखा त्यतै चर्न पुग्दछन् ।जतिसुकै तर्केर हिड्न खोजेपनि मन त्यही पुगिहाल्दछ ।अाफ्नै बगैचाका फुल जब फुल्छन् बल्ल त्यसको महत्त्व तथा सुन्दर्ता थाहा हुन्छ त्यस्तै भो मेरो चाटुकार(प्रेमका कुराकहानी) ।

चारवर्ष सङ्गसङ्गै बित्यो । ऊ मेरो नजरमा साथी भन्दा माथि कहिल्यै पुग्न सकिने ।उ पुग्न नसकेको भनौँ वा पुग्न नदिएको मेरो रोजाइका गुण सम्भवतः उसमा थिएनन् । त्यसैले उ सिढीको तल्लो भागमै अड्किएर बस्न बाध्य थिई ।नाउ उत्रदैन भने त्यसमा जलयात्रा गर्नुको के अौचित्य । उस्लाई सिढी चढ्न नदिन मेरा रोजाईका गुणहरु पर्खाल बनेर बसेका थिए; भिषण मुर्तिधारी कालो नाग बनेर हलचल भए डस्न । उ पनि कहिल्यै त्यो नागसँग जुध्न चाहिने ।उ त्यहि खुड्किलामै अानन्दपूर्वक रहि, एयाक्रमको माछासरि ।

सातौश्रेणीमा भर्खर पुगेको थिए ।स्कुलमा नौँमा पढ्न नयाँ केटीको प्रवेश भो । म फुलको जातसँग भन्दा फुलसँग लोभिने । बोट चिन्नु भन्दा फल खानपाए खुसिहुने । उसको रुपरङ्ग शारीरिक बनोट सानोमा खाने पिपलगेडी जस्तै लाग्यो ।देख्ने बित्तिकै खाउखाउ लाग्ने । म मा स्त्रि प्यासको ठूलो रोग मन बाध्नै सक्दैनथे ।त्यसैले सकभर टाढैबाट भएपनि प्यास मेट्ने प्रयत्न गर्थे ।प्यास मेट्ने क्रममा एकदिन रविनले प्रस्ताव गर्यो "दाइ फुललाई नै थाहा छैन भने लुकिछिपी रस चुस्नुको के मज्जा ?बरु बताइदिनु ।"
उसको कुरा ठिकै लाग्यो ।क्षणिक छलफलपछि उसले प्रस्ताव बोकेर केटिलाई भन्न गयो ।

उ फर्कियो ।उ सँग कुनै प्रतिक्रिया फर्किएन ।उ निशव्द अायो ।
***
भोलिपल्ट तेस्रो प्रियड खालि थियो ।वालमा बसेर उस्लाई नियाल्दै थिए । सुजनको अागमन भयो ।उ मेरो नजिकको मित्र ।हामीले साथमा धेरै समय साथमा स्पेण्ड गर्थ्यौँ । साथी भएपनि दाजुभाइ जस्तै ।पढ्ने लेवल पनि समान ।
"बिजय , नयाँ केटी अाइछे देखिस त ?"
"अ ! किन ? "
"लास्ट राम्री छे यार ; मिलाईदेन ।"
उसले यस्तो चिज माग्यो जुन दिन हृदयनै कठोर पार्नुपर्छ ।खानलाई मुखमै पुर्याएको गाँस कसरी दिनु ।नदिऊ भने वर्षौंदेखिको सम्बन्ध बिग्रने डर ।
"बिचार गर्छु ।"
"के बिचार गर्नु, गएर मिलाइदेन ।"
मलाई सुजनले गहिरो खाडलमा धकेलिदियो ।म खाडलमै रहेर भएपनि उस्लाई खुसी पार्नु थियोे ।साथीको नाताले केही देन गर्नु थियो । हुन त ! अाफ्नो प्रतिष्ठा पनि त जमाउनु पर्यो ।भोलिबाट पनि उनिहरुसँगै रहनु छ । स्वार्थसिद्धीको नकाप अोढेर कहाँ बस्न सक्नु । अाफ्नै मनलाई सानत्वना दिदै लागे मिलाइदिन ।
"सुन न !"
"अ, भन"
"त्यो हिज भाईले भनेको म हैन उ त्यो सुजन हो है । उस्ले तिम्लाई लाइक गर्छ रे ;"
"ए"
उस्ले सजिलै कुरा टालेर अाफ्नै गफमा लिप्त भई । म फर्कनु सिवाय अरु केही बिकल्प मेरा सामु थिएन । जवर्जस्ती माया गर भनेर डर दिनु पनि त भएन ।उस्लेनै कुनै रिएक्सन नदेखाएपछि मेरो के लाग्नु ।

सुजनको जोडी मिलाइदिन ठुलै संघर्ष झेल्नुपर्यो । ठुलै नभएपनि सानोतिनो राजनीति गर्नु पर्यो ।दिदी बहिनी साथीभाई सबैको मद्दत लिनु पर्यो ।नेट इन्टरनेटमार्फत केटी पट्याउने शुत्र पनि प्रयोग गरियो ।महिनौंपछि मिसनले positive किनारा पायो । दुवै एक्यवद्ध भए ।दुई नदिको मेल भएझैं ।
***
स्कुल जाने फर्कने क्रममा सुजन र म सँगै जान्थ्यौँ ।हाँसो ठट्टा गर्दै स्कुल अाउजाउ गर्नुको मज्जा नै बेग्लै तर पछि हाम्रो दैनिकीमा अवरोध निम्तियो ।उ सँग स्कुल जान फर्कन पाइएन । उ सुज्यानसँगै हिड्न थाल्यो ।म एक्लै भए । कुरा गर्ने पनि कोही भएन ।सुज्यानसँगै सर्मिला पनि हिड्ने गर्थी ।उ पनि एक्लि । सुज्यान र सुजन अघिअघि हामी दुई पछिपछि ।हाम्रो त्यति कुरा नहुने । उनिहरुले हामिलाई जिस्काई रहन्थे । काम पर्दा बोल्दा पनि उनिहरुको नजरमा हामीले प्रेमिल कुरा गरेका हुन्थ्यौँ । पानी पर्दा छाता, प्यास लाग्दा पानी share गर्नु पनि उनिहरुको नजरमा प्रेममय हुन्थ्यो ।

मन कतिबेला बद्लिन्छ पत्तै नहुने । बर्खाको अाकास झैँ क्षणभरमै बादल डम्म ढाकिने र क्षणभरमै खुलेर छ्याङ्ग ।
पहाडका खोचहरुमा झैँ क्षेणभरमै हुस्सु गुम्म हुने र क्षेणभरमै सफा । मन धेरै परिवर्तनशिल ।अाफु बदलिनु अगावै कसैलाई जानकार नगराउने ।कसैलाई समावेश गर्नु अगावै संकेत नदिने ।सानातिना कुराहरूबाटै परिवर्तन हुने मनले सर्मिलालाई समाहित गरिसकेछ ।चारचार वर्ष लिन नसकेको स्थान दिइसकेछ ।ती फणाधारी भुजाङ्ग नागहरु मौन बसेछन् ।उस्लाई सजिलै सिढी उक्लन दिएछन् ।ती मेरा रोजाइका गुणहरु थिए थिएनन् जान्न सम्म पाइएन ।उस्लाई यो मनले चोखो प्रेम गर्न थालिसकेछ ।मन मन्दिरमा सजाई सकेछ सर्वशक्तिमान ईश्वरलाई झैँ ।
***
फुल फुलेपछि झर्छ नै ।दिन ढलेपछि रात हुन्छ नै ।यो शृष्टिमा मिलन पछि बिछोड हुन्छ नै । कहिले छिटो कहिले ढिलो त्यो त समयकै खेल । हामी त मात्र त्यसका पात्र ।अाफ्नो अभिनय निभाउनु पर्ने के कस्तो भुमिका हो त्यसमै निर्भर भएर । अाठ महिना प्रेममय नै बित्यो ।हामी प्रेमिल जोडी भएर अाफ्नो भुमिका प्रस्तुत गर्यौ ।शारीरिक सम्बन्ध बाहेक हामिबिच सवै बाडिए ।भावना बाडिए । दु:ख बाडिए । सुख बाडिए । सकेसम्म धित पुराएरै भुमिका कडक प्रस्तुत गर्यौ तर समयले कहाँ भूमिका परिवर्तन गर्न दिदोरहेछ र ? अाठको अन्तिम परिक्षाको अन्तिम विषय दिएर फर्कदै थियौँ ।धापासी, कृष्ण मन्दिर रोडमा उ टक्क अडिई ।
"के भो ? हिड न !"
"बिजय ,अब हामी relationship मा नबसौँ है ।"
"हँ ! के भनेको ? नजिस्क न " म अचम्म परे यस्तो बिषय कहाँबाट अायो । न हामीबिच मनमुटाव थियोे न त कुनै परिस्थिति ।
"हो , साच्चै अब हामी relationship मा नवसौँ ।"
"के भयो र?" झनक्क रिस उठ्यो ।
"केही भाको छैन ।"
रिसको अावेगले भित्रभित्रै ज्वार पैदा गर्दै थियोे 'झापड लगाए ।'
"जा खातेनी, सबै केटी हुन्छौं ।पहिले प्रेम पछि धोका ।"कुनै कारण विना relation break हुन त नपर्ने हो ।
उ त्यसपश्चात हिलेपानीमा छाडेको माछा सरि लापत्ता भई ।कतै बाट फोन ,म्यासेज गरिने ।कसैले उसको बारे कुरा उठाएनन् ।छापामार हराए जस्तै उ पनि कहाँ गई अत्तोपत्तो भएन ।उ कहिल्यै त्यो क्षेत्रमा देखिने ।
***
फुल फुलेर झरेपनि अर्को रितुमा पुन फुल्छ ।बादलले जतिसुकै अाकास ढाकेपनि वर्षापछि खुल्छ ।भन्छन् पृथ्वी गोलो छ त्यसैले होला उ दुईवर्ष पछि फेसबुकमा देखिन थाली ।
पानी जमेर हिउँ बनेपनि एकदिन पग्लनै पर्छ ।मन पनि त्यस्तै रहेछ कठोर पारेपनि पग्लने ।तर्केर कति बस्न सक्थे ? उ सँग पुन कुरा हुन थाल्यो ।उसले पढ्न गाउँ जानू परेकाले म सँग टाढा भएकि रे ।उस्लाई पढाईमा राम्रो गर्नु रहेछ रे ।उसले उपर्यूक्त रिजन दिएजस्तो लाग्यो । हाम्रो पुन भावनात्मक सम्बन्ध स्थापना भो ।
"बिजय ,यहाँ अा त ।" दिदीले मलाई बोलाई ।फेसबुकमा फोटोमा गरेका कमेन्ट देखाउदै सोधी ।
" त पुन उ सँगै relation मा छस् ।"
म चुपचाप रहे । बोल्ने कुनै हिम्मत जुरेन ।उस्ले बिगतका एकएक पल सम्झाई ।"त्यो धापासीको बिच रोड, उसले भनेका ती कठोर शव्दहरु, ती मानिसहरू जस्ले हामीलाई नियालिरहेका थिए ।"
मेरो मानस्पटल अकस्मात परिवर्तन भयो ।तिजमा चेलिहरु नाचेझै पालैपालो नाच्न थाले हरेक चित्रहरु ।म रुमतर्फ गए ।चुरोट सल्काउदै उस्लाई फोन लगाए ।
"सर्मिला, भेट्न अाउन सक्छौ ?"
"किन ,साझ अाउला नि ।"
"ल ल ... कहाँ ?"
"धापासी कृष्ण मन्दिर अघि।"
साझ बाटोमा मोटरहरु एकनासले चलिरहेका थिए ।सधैंको बाटो, सधैंकै सुर्यास्त भएपनि केही भिन्न लाग्दै थ्यो ।सर्मिला, त्यहि अस्वभाविक बाताबरणमा सामेल भई। म पनि त्यहि सामेल भएको थिए ।
"किन बोलाएको ? केही काम छ ?"
"सर्मिला ,अब हामी relation मा नबसौँ है?"
हँ....। ऊ माथी ठुलै बज्रपात भएझैं अनुहार खुम्च्याई अाँखाबाट अाशु झार्दै "are you serious "उसले मलिन स्वरले प्रश्न तेर्साइ ।
"yes" यति भन्दै म पछि हटे ।उ थचक्क बसी । भिडभाडमा त्यो दृश्य comfortable थिएन ।उसको रुवाई वारिपारिबाट सबैले नियाल्दै थिए ।मैले मेरो रिभेन्ज लिए। केही छुटेको ,केही गुमाएको अनुभुति पनि भयो तर उ कहि चुकी कि ? कि त मै चुके ? यहीँ प्रश्नले कहिलेकाही झस्काउँछ ।
समाप्त
लेखकद्दय विनोद खनालको एक नया अायामसहित ।
लेखकको अनुमतिबिना कुनैपनि माध्यमबाट प्रकासन तथा प्रशारण गर्न पुर्ण रोक रहेको जानकारी गराउछौँ।

No comments: