Friday, January 15, 2021

नेपालमा कहिले आइपुग्छ कोरोना खोप "कोभिसिल्ड"

 नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई  आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपछि बुकिङका लागि बाटो खुलेसँगै नेपालीहरुमा आशाको सञ्चार पैदा भएको छ ।

औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । कोभिसिल्डलाई आपतकालिन प्रयोगका लागि बङ्गलादेश, बेलायत लगाएतका देशहरुले अनुमति दिइसकेको समेत उनले सुनाए ।

कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो भने भारतले यस खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

‘कोभिसिल्ड खोप इमर्जेन्सी नभइकन कसैले पनि यो खोप हामी चाहियो भन्दैमा पाइन्दैन,’ उनले भने, ‘अब खोप बुकिङ गर्न भने बाटो खुल्यो ।’ एकै पटकमा धेरै मात्रामा खोप खरिद गर्न नपाइने भएकाले पटकपटक खोप बुकिङ गर्न पर्ने हुँदा अब नेपाललाई सहज हुने उनले बताए ।

नेपाल सरकारले भारत सरकारसँग प्रक्रिया पु-याएर अब खोप खरिदका लागि अगाडि बढ्न सक्ने उनले बताए । निजी क्षेत्रले पनि अग्रिम कोभिसिल्ड खोपको बुकिङ गर्न सक्ने विभागका वरिष्ठ औषधि व्यवस्थापक केसी बताउँछन् ।

भारतको राजधानी नयाँ दिल्लीमा नेपाल भारत संयुक्त आयोगको छैटौँ बैठक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएका छन् । भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप खरिद प्रक्रियालाई कुटनीतिक पहल गरेर कागजी प्रतिबद्धता जनाएर परराष्ट्र मन्त्री ज्ञवाली नेपालमा फर्किएको खण्डमा नेपालमा कहिलेसम्म खोप आउँछ भनेर समय तोक्न सकिने खोप भित्र्याउन बनाइएको कार्यदलका एक सदस्यले बताए ।

कोरोनाविरुद्धको कोभिसिल्ड खोपलाई नेपालमा आपतकालिन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएपछि जनतामा आशाको सञ्चार फैलिएको जनस्वास्थ्य बैज्ञानिक डा. समीरमणि दिक्षित बताउँछन् ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत जनतालाई निःशुल्क रुपमा खोप दिने भनेको छ । पहिला खोपको प्राथमिकतामा फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, दीर्घरोगी, वृद्धवृद्ध र कामदारलाई राखेको छ । सरकारसँग २ देखि ८ डिग्री तापक्रममा एक करोड ७० लाख खोप राख्न सक्ने भण्डारण गर्ने क्षमता छ ।

यस्तै खोप भण्डारण गरेको ७ दिन भित्रमा वितरण गर्न सक्ने तयारी समेत गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्ये एक हो । सेरमले पाँच करोडभन्दा बढी डोज खोप उत्पादन गरेको भारतीय सञ्चारमाध्यमहरुले बताउँदै आएको छन् ।

अघि बढ्यो विद्यालय

यसरी लिनुहोस् अनलाइनबाटै पुनः श्रम स्वीकृति

 काठमाण्डौ  – सरकारले देश तथा विदेश विदेश जहाँबाट पनि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको छ । यो व्यवस्था लागू भएसँगै अब पुनः श्रम स्वीकृति लिनकै लागि विदेशबाट स्वदेश आउनपर्ने बाध्यता हटेको छ भने देशमा पनि श्रम कार्यालयमा लाइन लाग्नुपर्ने, विभिन्न बिचौलियाको जाल र ठगीमा पर्ने सम्भावना सकिएको छ । तर कतिपयलाई अनलाइनमार्फत कसरी पुनः श्रम स्वीकृति लिने भन्ने अन्यौल छ । कतिपय श्रमिकले अनलाइन फारम भर्न लगायत प्रक्रिया नजानेको गुनासो पनि गरेका छन् । अनलाइनमार्फत  सजिलै  पुनः श्रम स्वीकृति कसरी लिने त ? यस विषयमा हामीले वैदेशिक रोजगार विभागका सूचना तथा प्रविधि शाखाका बिपुल पराजुलीसँग गरेको कुराकानीको सम्पादित अंश ।

अनलाइबाट पुन श्रमस्वीकृति लिन चाहने सेवाग्राहीहरुले योभन्दा पहिले अनलाइबाटै श्रम स्वीकृति लिएको हुनुपर्छ । अथवा गएको तीन वर्षमा जसले श्रम लिनुभएको छ उहाँहरु सबैले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ । अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिनुभन्दा पहिले केही पूर्वतयारी गर्नुपर्ने हुन्छ । पूर्व तयारीमा सबैभन्दा पहिले सेवाग्राहीको आफैले प्रयोग गर्ने इमेल आईडी हुनुपर्छ ।

यस्तै नेपालमा रहँदाको अथवा नेपालमा भएको कोही आफन्तले प्रयोग गर्ने मोबाइल नम्बर पनि तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । त्यसपछि ‘पासपोर्ट साइज’को फोटोको स्क्यान कपी राख्नुपर्ने हुन्छ । जुन पहिले नै राखिएको हुन्छ । तर पहिले गलत तरिकाले प्रविष्ट भएको छ वा धेरै पुरानो भइसकेको छ भने नयाँ राख्नको लागि फोटो चाहिने हो, नत्र पर्दैन । त्यसपछि पासपोर्टको आफ्नो व्यक्तिगत विवरण भएको पेजको स्क्यान गर्नुपर्छ । पहिला श्रम स्वीकृति लिँदा प्रयोग भएको भिसा र अहिलेको भिसा दुवैको स्क्यान कपी पनि तयार गर्नुपर्छ ।

त्यसपछि विदेश जाँदाखेरि विमानस्थलमा पासपोर्टमा लगाइदिएको ‘डिर्पाचर स्ट्याम्प’ वा विदेशबाट फेरि नेपाल फर्किदाखेरि विमानस्थलमै लगाइदिएको ‘अराइभल स्ट्याम्प’को पेजहरुको स्क्यान कपी पनि पेश गर्नुपर्ने हुन्छ । त्यस्तै योभन्दा पहिले श्रम स्वीकृति लिएको भन्दा फरक कम्पनीमा जान लागेको भए त्यो कम्पनीले दिएको ‘एग्रीमेन्ट लेटर’ तथा ‘जब अफर लेटर’को स्क्यान कपी पनि हुनुपर्छ । 

बेलाबेला सरकारले तोकिदिएका अतिरिक्त कागजपत्रको स्क्यानकपी पनि तयारी अवस्थामा भए झन् सजिलो हुन्छ । जस्तो घरेलु कामदारको रुपमा गएको र पुनः जान लागेको भए दूतावास प्रमाणित एउटा अनुसूचीको फारम पनि माग्ने गरिएको छ । त्यस्तो हकमा त्यो अतिरिक्त प्रमाणको पनि स्क्यान कपी आवश्यक हुन्छ ।

यस बाहेक सेवाग्राहीसँग आफ्नो सेवा प्राप्त गर्ने प्रयोजनको लागि त्यस्तो सबै कागजातको स्क्यान कपी तयार गरेर राख्नपर्छ । त्यसपछि श्रम स्वीकृति एप्लाई गर्नुपर्छ जसको लागि केही चरणहरु छन् ।

पहिलो चरण : 

त्यति कागजातहरु आफूले तयार पारिसकेपछि सर्वप्रथम त वैदेशिक रोजगार विभागको वेबसाइट https://dofe.gov.np मा जानुपर्छ । त्यहाँ ‘अनलाइन श्रम स्वीकृति’ भन्ने लिंक भेटिन्छ । त्यसमा क्लिक गनुपर्छ । त्यसपछि त्यहाँ ‘युजर नेम’ र ‘पासवर्ड’ माग्छ । पहिले नै श्रम स्वीकृति लिँदा ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको हुन्छ । त्यही ‘पासवर्ड’ र ‘युजरनेम’ राखेर ‘साइन ईन’ गर्नुपर्छ । यदि योभन्दा पहिले लिएको ‘युजर नेम’ र ‘पासवर्ड’ बिर्सिनुभयो भने त्यहीँनेर ‘फर्गेट पासवर्ड’ भन्ने अप्सन हुन्छ । त्यसमा क्लिक गरेपछि सिस्टमले इमेल माग्छ ।

इमेल राखिसकेपछि त्यो इमेलमा पुरानो पासवर्डलाई रिसेट गर्नको लागि विकल्प आउँछ । यदि पहिले श्रम लिँदा राखेको इमेल पनि बिर्सेको खण्डमा त्यस्तो व्यक्तिको हकमा नेपालमा श्रम स्वीकृति प्रदान गर्ने सातवटै श्रम कार्यालय तथा विदेशमा रहेका नेपाली कुटनीतिक नियोगको वेबसाइटबाट निवदेन डाउनलोड गर्नुपर्छ । त्यो निवदेन भरेर सम्बन्धित निकायमा बुझाएपछि पासवर्ड रिसेट गर्न सकिन्छ । यसरी प्राप्त पासवर्ड भविष्यमा पनि काम लाग्ने भएकाले ‘युजर नेम’ र ‘पासवर्ड’ सुरक्षित राख्नुपर्छ ।

दोस्रो चरण :

अनलाइन श्रम स्वीकृतिको लिंक ‘लग इन’ गरिसकेपछि श्रम स्वीकृतिको व्यक्तिगत विवरण भएको फाइल खुल्छ । त्यो पेजमा केही व्यक्तिगत विवरण अपडेट गर्नुपर्ने छ वा परिवर्तन गर्नुपर्ने छ भने प्रोफाइल पेजमा गएर परिवर्तन गर्न सकिन्छ । सँगसँगै यदि योभन्दा पहिले पुरानो पासपोर्टबाट श्रम लिनुभएको थियो र अहिले नयाँ पासपोर्ट लिनुभएको छ भने त्यो नयाँ पासपोर्ट नम्बर पनि त्यहाँ ‘इनपुट’ गरेर आफ्नो पासपोर्टको विवरण पनि अद्यावधिक गर्न सकिन्छ ।

चरण तीन :

पेजको बाँया भागमा ‘रि इन्ट्री’ भन्ने मेन्यु भेटिन्छ । त्यो मेन्युभित्रको ‘इम्प्लोइमेन्ट डिटेल्स’ भन्ने लिंकमा गएर क्लिक गर्ने । त्यहाँ क्लिक गरेपछि आफू जान लागेको देशको नाम, कम्पनी, सेवा सुविधालगायत त्यहाँ उपलब्ध सबै विवरणहरु पेश गर्नुपर्ने हुन्छ । सँगसँगै त्यसको अलिकति तल गएर आवश्यक प्रमाणहरु पेश गर्नुपर्ने हुन्छ । भिसा र पासपोर्टको स्क्यान कपी अनिवार्य रुपमा ‘अपलोड’ गर्नुपर्छ । तर सम्भव भएसम्म आफूसँग उपलब्ध भएका सबै कागजात ‘अपलोड’ गर्नुपर्छ ।

चरण चार :

‘इम्प्लोइमेन्ट डिटेल’मा भरेको सबै विवरण ठीक छ भनेर एकीन भइसकेपछि श्रम स्वीकृति नवीकरणको लागि बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । सामान्यतया तीन वर्षको श्रम लिइन्छ । त्यसको लागि १५ सय रुपैयाँ कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने र श्रम स्वीकृतिको माग गरेको अवधिभन्दा ६ महिना बढीसम्मको बीमा गर्नुपर्ने हुन्छ । मान्यताप्राप्त बीमा कम्पनीमा गएर वैदेशिक रोजगारीको लागि बीमा गर्न आएको र मेरो पासपोर्ट नम्बर यो हो भनेर भनेपछि उहाँले बीमा गरिदिनुहुन्छ ।

यस्तै कल्याणकारी कोषको रकम जम्मा गर्नको लागि पनि मान्यताप्राप्त बैंकको कुनै पनि शाखामा गएर रकम जम्मा गर्न सकिन्छ । तर अहिले ‘ई सेवा’ प्रणालीले सहज बनाएको छ । नेपाल राष्ट्रबैंकबाट मान्यताप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनीमार्फत पनि बीमा र कल्याणकारी कोष मार्फतको रकम जम्मा गर्न सकिन्छ । अहिलेको लागि ‘ई सेवा’ नामक अनलाइन भुक्तानीबाट बीमा र कल्याणकारी कोष दुवैमा रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी खल्ती नाम गरेको अनलाइन भुक्तानीबाट कल्याणकारी कोषको रकम जम्मा गर्न सकिन्छ । 

यसरी रकम जम्मा गरिसकेपछि पहिलेकै ‘लगइन’ पेजमा आएर त्यहाँ रिइन्ट्री मेन्युभित्र ‘इन्डिभिजुअल रिइन्ट्री रिक्वेस्ट’ मेन्युमा गएर हेर्दा बैंकमा कल्याणकारी कोषको पैसा भन्ने ठाउँमा पनि हरियो टिक लागेको हुन्छ र इन्स्युरेन्स भन्ने ठाउँमा पनि पनि टिक लागेको हुन्छ । टिक लाग्नुको अर्थ जम्मा गरेको रकम विभागको सिस्टममा गइसकेको छ भन्ने बुझ्नुपर्छ । यदि टिक लागेको छैन वा क्रश चिन्ह छ भने बीमा र कल्याणकारी कोषको रकम जम्मा भएको रहेनछ वा जम्मा गरेको ठाउँबाट विभागको वेबसाइटमा पठाइदिएको रहेनछ भन्ने बुझ्नुपर्छ । 

टिक लागेको पक्का भइसकेपछि ‘एक्सन आइटम’ भेटिन्छ । ‘एक्सन आइटम’मा क्लिक गरेपछि ‘रिक्वेस्ट’ भन्ने एउटा अप्सन आउँछ । ‘रिक्वेस्ट’मा क्लिक गरिसकेपछि श्रम स्वीकृतिको लागि अप्लाइ गर्न सकिन्छ । अप्लाइ गर्दाखेरि शाखाहरु छनौट गर्न सकिन्छ । सातै प्रदेशका कार्यालयहरु छनौट गर्न सकिन्छ । यदि अनलाइनबाट सेवा लिने हो भने अनलाइन शाखा छनौट गर्न सकिन्छ । यदि अनलाइन छनौट नगरी अरु कार्यालय छनौट गरेको खण्डमा सम्बन्धित कार्यालयमै जानुपर्छ । तर सुरुमा नजानी कुनै शाखा छनौट गरियो तर खासमा अनलाइबाट अप्लाइ गर्न चाहनुहुन्छ भने त्यहाँ ‘रिसेड्युल’ भन्ने अप्सन पनि छ । त्यहाँ क्लिक गरेर आफूले श्रम लिन चाहेको कार्यालय वा अनलाइमा क्लिक गरेर परिवर्तन गर्न सकिन्छ ।

जनुसुकै शाखा छनौट गर्दा पनि ती शाखाले सिमित टोकन प्रदान गरेको हुन्छ । तर विस्तारै अनलाइन शाखाको टोकन हामी बढाउँदैछौं । यी चरणहरु पूरा गरेर सेवाग्राहीले श्रमको लागि अप्लाइ गर्न सक्नुहुन्छ । जुन दिनको लागि अप्लाइ गर्नुहुन्छ त्यही दिन पुनः श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । तर कुनै कागज पुगेको छैन वा अरु केही कुरामा गल्ती देखायो भने पनि मोबाइलमा म्यासेज आउँछ ।

अझै सहज हुँदै

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन त्यति गाह्रो छैन । अहिले अंग्रेजी भाषामा मात्र छ विस्तारै नेपाली र अंग्रेजी दुवै भाषामा ल्याउनेछौं । यस्तै आवेद भर्दा पनि एकपछि अर्को गरेर चरणवद्ध रुपमा गर्न मिल्ने गरी सहज बनाउनेछौं । एक महिनाभित्र सहज हुनेछ । त्यसपछि अंग्रेजी भाषाको कम ज्ञान भए पनि सजिलै आवेदन दिन सकिने हुन्छ ।

अहिले प्रारम्भिक चरणमा भएका कारणले पनि सेवाग्राहीहरुले पनि विस्तारै बुझ्दै, अरुबाट सिक्दै र बेलाबेला हामीसँग सम्पर्क गर्दै यसको प्रयोग गरिरहनुभएको छ । 

विदेशबाटै पुनः श्रम लिन चाहनेहरुले आफूसँग उपलब्ध भएको बैंकबाट रकम भुक्तानी गर्न मिलेन त्यसैले अनलाइनबाट पुनः श्रम स्वीकृतिको लागि फारम भर्न सकिएन भन्ने गुनासो गर्नुहुन्छ । तर अहिले हामीसँग सूचीकृत बैंकहरुले पनि त्यो सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ । त्यो भएपछि आफ्नै बैंकको खाताबाट पनि सिधै बीमा र कल्याणकारीको लागि रकम जम्मा गर्न सकिन्छ । यसलाई अझै सरल बनाउने प्रक्रियामा हामीहरु छौं । सर्भरमा खासै समस्या छैन । श्रम स्वीकृति लिदा आफूले प्रयोग गर्ने मोबाइल नम्बर र ईमेल आईडी प्रयोग गर्न हामीले आग्रह गरेका छौं ।

लेख रचना पठाउन :- bkhanal530@gmail.com


 

अन्तिम अपडेट: माघ २, २०७७
ad

तपाईको प्रतिक्रिया

इतिहासकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ कति भर्ने

 २ माघ, काठमाडौं । नेपालको सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खुलेको छ ।

मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।


बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् । यस बैंकको सेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।

सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ । ठूलाे परिमाणामा भएका कारण यो बैंकको साधारण सेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।

नेपालमा डिम्याट खाता खोल्ने सबैले आवेदन दिएको अवस्थामा पनि यसको सेयर पर्ने निश्चित छ । यस बैंकको साधारण सेयर धेरै संख्यामा आवेदन पर्नेमा कीर्तिमान राख्न सक्ने सम्भावना समेत छ ।

भर्खरै खुलेको चन्द्रागिरि हिल्सको आइपीओ १३ लाख हाराहारीले भरेका छन् । नेपालमा खुलेका सबै डिम्याट खाता होल्डरले आवेदन दिएमा कम्तिमा ३० कित्ता पर्ने निश्चित छ । पछिल्लाे समय डिम्याट खाता खाेल्नेहरूकाे संख्या पनि निकै बढिरहेकाे छ ।

कति कित्ता पर्छ भन्ने कुरा कतिले आवेदन दिन्छन त्यसमा भर पर्ने हुन्छ । अहिले कै अवस्था हेर्दा ५० देखि ६० कित्तासम्म आईपीओ पर्ने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेको अनुमान छ ।

Friday, January 8, 2021

Is the 'KGF2' teaser to release in several languages?

 Yash's Kannada action-drama 'KGF: Chapter 1' was released in 2018, and it turned out as a great hit. The film was later dubbed in several other Indian languages. Now, the sequel of the film is in the making, and the film teaser is announced to release tomorrow on the lead star Yash's birthday. Now, the big question that arises is whether the 'KGF2' teaser will be released in several languages or not since the film is made as a Pan Indian film.

KGF CHAPTER 2


According to the report, the 'KGF2' teaser is said to have just one dialog in English, and without any language barriers, it will naturally be relevant to all audiences. 'KGF2' is one of the most expensive films, and the film shooting has completed. 'KGF: Chapter 1' ended with Rocky capturing the golden kingdom, and now fans are excited to see how Rocky's Life operates there after.

'KGF: Chapter 2', which is directed by Prashanth Neel, has most of the stars from the previous part, addedly Sanjay Dutt plays an important role in the sequel. Ravi Basrur has scored the music, and the film is produced by Vijay Kiragandur's Hombale film.

KGF Chapter2 TEASER |Yash|Sanjay Dutt|Raveena Tandon|Srinidhi Shetty|Prashanth Neel|Vijay Kiragandur


 #KGF_chapter_2

Break the history

With in 76 min-1m

With in 10 hour 32 min-2m

With in 15 hour 20 min-3m

With in 22 hour 13 min-4m

Now 74m+



Tuesday, December 15, 2020

पूर्वप्रमुख आयुक्त पुर्पक्ष थुनामा

 काठमाडौं, विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले भ्रष्टाचारको आरोप लागेका बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो ।

बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप थियो ।


उनलाई अख्तियारले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको भन्दै विशेष अदालतमा २२ माघ २०७६ मा मुद्दा चलाएको थियो।

उनीसहित ११० जनालाई कैद सजायसमेत माग गरिएको थियो भने अख्तियारले थप ६५ जनाबाट सरकारी जग्गा जफत गर्ने मात्र उद्देश्यले मुद्दा चलाएको थियो।

अदालतको आदेशपछि बस्न्यात मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल थुनामा बस्नुपर्नेछ। यद्यपी उनले विशेष अदालतको आजको आदेशविरूद्ध सर्वोच्च अदालतमा निवेदन दिन भने पाउनेछन्।

अन्ततः ट्विटर किलरलाई सजाय मृत्युदण्ड

 काठमाण्डाै – सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरकाे माध्यमबाट सम्पर्क गरेपछि नाै जनाकाे हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्डकाे सजाय दिइने भएकाे छ । यस हाई–प्राेफाइल मामिलाले पूरै जापानलाई हल्लाएकाे थियाे । 


'ट्विटर किलर' काे नामबाट चर्चित टाकाहिराे शिराइशी बस्ने फ्ल्याटमा सन् २०१७ मा मानव शरीरकाे अङ्ग भेटिएपछि उनलाई पक्राउ गरिएकाे थियाे ।

साेधपुछमा ३० वर्षीय टाकाहिराेले हत्या गरेकाे र उनीहरूकाे अङ्ग क्षतविक्षत गरेकाे स्वीकार गरे । तीमध्ये धेरै महिलाहरू थिए, जाेसँग उनी सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सम्पर्कमा आएका थिए । 

'सिरियल किलिङ' काे यस मामिला सार्वजनिक भएपछि अनलाइन प्लेटफर्ममा 'आत्महत्या' काे विषयमा कसरी कुरा गर्न सकिन्छ भनेर तीव्र रूपमा बहस भएकाे थियाे ।  

स्थानीय मिडियाका अनुसार मङ्गलबार चार सयभन्दा धेरैले यस फैसलालाई सुनेका थिएँ जबकि अदालतमा मात्र १६ जनाका लागि बस्ने ठाउँ थियाे । 


 

जापनकाे समाचार एजेन्सी क्याेदाेले यस मामिलामा आधिकारिक भनाइ उद्धृत गर्दै भनेकाे छ– सन् २०१७ अगस्टदेखि अक्टाेबरकाे बीच उनले १५ देखि २६ वर्षका आठ महिला र एक पुरूष घाँटी थिचेर हत्या गरे र उनीहरूकाे अङ्ग क्षतविक्षत गरे । 

Tuesday, September 8, 2020

आत्महत्या एक बुझाइ

आत्महत्या सुन्दै केही असोभ्य शव्द तर यसैको प्रयोगमा धेरैले ज्यानको दाग दिएका छन् । साधारण बुझाइमा अात्महत्या गर्ने मानिस तल्लो नजरले हेर्ने गरिन्छ जुन जिवनमा अाएका समस्याहरुसँग जुध्न नसक्नु साथै जिम्मेवार बोध नगर्नुलाई लिइन्छ । समाजमा अाफ्नो अस्तित्वमा दाग लागेपछि यहीँ बाटो अपनाउने चलन सदियौ देखि चल्तीमा छ तर अात्महत्या एक ठूलो साहस र निडर्ताको प्रतक्ष नतिजा हो जुन बुझाइको पर्धामा भित्रभित्रै लपेटिएको छ । समाज अाफैले अात्महत्याको अवस्था सिर्जना गरि पछि अाफै पन्छिएर उल्टै खोट देखाउने प्रयत्नमा छ तर ती व्यक्तिलाई बुझ्ने कर्तव्यबोधी कहिल्यै बनेन जसको फलस्वरूप प्रत्येक अात्महत्याका कथाहरु एकदिने पत्रिकाको कालो मसिमै सिमित हुन पुगेको छ । घरभित्रका कथा घरभित्रै पीडा बन्छ भने बाहिरी रुपमा रमिताको उत्कृष्ट स्रोत जसमा रिपोर्टरहरु गिद्दसरी झुम्मिन्छन् र थप पिडाको खात दिन्छन् त्यहि घरको संघारभित्र । ३० सेकेन्डको पानिमा डुबाइको निस्साहट जसमा स्वास फेर्न सक्ने तर लिन नसक्नेले दिनसक्छ डोरिले थुनिदिएर स्वास न लिनु न फेर्नूको अवस्थाको नमुना । समाज बुझ्ने हाम्रो मानसिकता अाज व्यक्तिले व्यक्ति नबुझ्ने अवस्थामा अाएको छ जुन स्वार्थ र परहित ज्ञानको अभाव हो जसले निम्त्याएको छ एक जटिलता जुन परिवर्तनको ढोका उघार्ने ल्याकत एक व्यक्तिबाट सम्भव छैन ।


हिजो समाजसँग ज्ञान थियोे शिक्षा थिएन । अाज समाजसँग शिक्षा छ तर ज्ञान छैन यसबाट भन्न सकिन्छ खोक्रो शिक्षाको प्रदानबाट कहिल्यै उत्कृष्ट मानव व्यबहार बाड्न सकिदैन । व्यक्ति-व्यक्तिले व्यक्तिलाई खसाउन र दबाउन प्रयत्नशील छ जसले समाज ठुलावडा र क्षमतावानका लागि रहेछ भन्ने सोचको विकास हुदैछ जसले गरिव, दुखि र यात्रापथ नदेख्नेका लागि कष्टकर र बाधा सिर्जना गरेको छ । निति बुझ्न लाग्दा मति बिगार्दै हिडिरहेका हामी यात्री भावनात्मक रुपमा अवभने परिवर्तन हुनु जरुरि छ । समाज सवैका निमित्त हो र अवसर र सहयोग सवैबाट मिल्छ भन्ने चेतना अभिवृद्धिसँगै यो समाजमा श्री कसैको ठुलोसानो नरहि मानविय यात्रा सञ्चालन नै उत्कृष्ट पक्ष हो भन्ने बुझ्नु र बुझाउनु जरुरी छ । नैतिक पतन गर्ने र बाधा थुपारिदिने परिपाटीमा दागबत्ती दिएर सरल सोच उच्च विचार र संयुक्त सहयात्रा तथा लक्ष लिई सम्पूर्ण उच्चस्तरीय रुपमा नव समाज निर्माणमा बढौँ । सकभर अात्महत्या हामिले हाम्रै क्रियाकलापको नतिजा हो भन्ने बुझौँ ।