२३ चैत, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो ।
जेठ १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।
हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ निर्देशिका लागू गर्नेबारे प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने बताए ।
निर्देशिकाले लिखित परीक्षा विद्युतीय माध्यमबाट र प्रयोगात्मक परीक्षा कम्प्युटरमा आधारित स्वचालित प्रणालीको प्रयोग गरेर अंक दिनसक्ने गरी सञ्चालन गरिने बताए ।
प्रश्नपत्र सार्वजनिक, सवारी साधन आफ्नै
नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गर्नेछ । त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।
लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
कार जीपको हकमा कम्तीमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
निर्देशिकाअनुसार ट्रायलमा प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लकलगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा कार/जीपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ ।
मोटरसाइकल/स्कुटरको ट्रायल
मोटरसाइकल/स्कुटर/मोपेडको ट्रायल परीक्षा १०० अंकको हुनेछ । त्यसमा कम्तीमा ७० अंक ल्याए मात्रै उत्तीर्ण भएर लाइसेन्स हात पर्नेछ ।
१. घुमाउरो ‘8’
मोटरसाइकलको ट्रायलमा अब घुमाउरो ‘8’ को चरणलाई २० अंक दिइएको छ । घुमाउरो ‘8’ मा एकपटक भन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा बढी भुइँमा खुट्टाले टेकेमा, ठीक दिशाबाट ठीक तरिकाबाट 8 नबनाएमा र सवारीको स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । तर, ‘8’ भित्र एक पटकसम्म अंकित रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५–५ अंक काटिनेछ ।
२.साँघुरो फलेक
साँघुरो फलेकको चरणलाई १० अंक राखिएको छ । यो चरणमा परीक्षार्थी भुँइमा टेक्ने वा फलेक पार गर्नुअघि नै बाहिर निस्किएमा अनुत्तीर्ण हुनेछ ।
३. यू–टर्न
‘यू–टर्न’लाई पनि १० अंकभार छ । सवारीमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, अंकित रेखा छोएमा भने अनुत्तीर्ण हुनेछ ।
४. ट्राफिक लाइट
ट्राफिक लाइटको चरणलाई १५ अंक राखिएको छ । यदि ट्राफिक लाइट नियम पालन नगरेमा १५ अंक नै काटिनेछ । तर, परीक्षार्थी अनुत्तीर्ण भने हुने छैन ।
५. उबड–खाबड (बम्प्स)
उबड–खाबड (बम्प्स) चरणलाई १५ अंकको भार छ । यो भागमा एक पटकसम्म खुट्टाले भुइँ टेकेमा ५ अंक काटिनेछ । यो भागमा एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पनि ५ अंक घट्नेछ । यी दुवै गल्ती एकपटक भन्दा बढी गरेमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ ।
६. उकालो (र्याम्प)
उकालो (र्याम्प) को अंकभार २० छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । उकालोमा एकपटकसम्म सवारीको स्टार्ट बन्द भए पनि अंक काटिने छैन ।
७. व्यवहारगत पक्ष
परीक्षार्थीको व्यवहारगत पक्षको मूल्याङ्कनलाई १० अंक दिइएको छ । सवारी चलाउनुपूर्व सवारीको ऐना, टायर, ब्रेकको सामान्य परीक्षण नगरेमा ३ अंक काटिनेछ । हेल्मेटको लक नलगाई सवारी चलाएमा ४ अंक काटिनेछ । अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।
कार/जीपको ट्रायल
कार, जीप र भ्यानको ट्रायलको पूर्णाङ्क पनि १०० छ । त्यसमध्ये परीक्षाका विभिन्न चरणमा गरी ७० अंक जोड्ने परीक्षार्थीले लाइसेन्स पाउनेछन् ।
१. घुमाउरो ‘8’
कार जीपको ट्रायलमा पनि घुमाउरो ‘8’लाई २० अंकको भार दिइएको छ । घुमाउरो ‘8’ मा दुई पटकसम्म अंकित रेखा छुन पाइनेछ । तर, प्रत्येक पटक ५–५ अंक काटिनेछ । दुई पटकभन्दा बढी छोएमा, टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशाबाट ठीक तरिकाबाट ‘8’ नबनाएमा र अगाडि बढ्नुपर्ने बेला सवारी साधन पछाडि सारेमा भने परीक्षार्थी अनुत्तीर्ण हुनेछ ।
२. उबड–खाबड (स्पिड ब्रेकर)
उबड–खाबड (स्पिड ब्रेकर)को चरणलाई १० अंकभार छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भयो भने ५ अंक काटिनेछ । तर, एकपटक भन्दा बढी स्टार्ट बन्द भएमा भने अनुत्तीर्ण हुनेछ ।
३. यू–टर्न
यू–टर्नको चरणलाई १० अंकको भार छ । युटर्न गर्दा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, यो भागमा अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ ।
४. ट्राफिक लाइट
ट्राफिक लाइटलाई १५ अंकभार छ । ट्राफिक लाइटको नियम पालना नगरेमा १५ अंक नै काटिनेछ ।
५. उकालो (र्याम्प)
उकालो (र्याम्प)लाई १५ अंकभार छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटकभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । उकालोमा एकपटकसम्म सवारीको स्टार्ट बन्द गर्दा अंक घट्ने छैन ।
६. ग्यारेज पार्किङ
ग्यारेज पार्किङको चरणलाई २० अंकभार छ । यो भागमा सवारी पछाडि सार्ने क्रममा एक पटकसम्म अघि सरेमा १० अंक काटिनेछ । एकपटकभन्दा बढी अगाडि सरेमा वा अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ ।
७. व्यवहारगत पक्ष
परीक्षार्थीको व्यवहारगत पक्षको परीक्षालाई १० अंकभार छ । सवारी साधन चलाउनुपूर्व ऐना, टायर, ब्रेकको सामान्य परीक्षण नगरेमा ३ अंक, सिटबेल्ट नलगाई सवारी चलाएमा ४ र अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।
चौथो विश्व युद्धलाई परिकल्पना गरेर बनाइएको नेपाली गेम ‘वर्ल्ड वार फोर–एण्डगेम्स (World War 4 - Endgames) सार्वजनिक हुने भएको छ।
रणनीति बनाउँदै युद्ध लड्न सकिने गरी बनाइएको यो गेम आगामी चैत २२ गते सार्वजनिक गर्न लागिएकाे हो।
खासगरी नेपाली युवा पुस्तालाई लक्षित गरेर ल्याइएको वर्ल्ड वार फोर–एण्डगेम्स विकास गर्न २ वर्ष अध्ययन गरिएको एस्ट्रिक टेक्नोलोजी प्रालिले बताएकाे छ।
विश्वमा भएका विभिन्न युद्धका घटनालाई भर्चुअल माध्यमबाट वास्तविकतामा उतार्न एस्ट्रिक टेक्नोलोजी प्रालिले अनलाइन मल्टीप्लेयर रोल प्लेइङ्ग गेमलाई नेपाली प्रोडक्टको रुपमा डेभलप गरेको हो।
पछिल्लो समय नेपाली युवा विदेशी अनलाइन गेममा लिप्त छन्। तर, वर्ल्ड वार फोर–एण्डगेम्स अहिले बजारमा उपलब्ध विदेशी गेमभन्दा निकै फरक छ। यो एउटा स्ट्राटेजिक गेम हो। हिंसात्मक युद्धलाई प्रतिस्थापन गर्ने गरी यो गेम डिजाइन गरिएकाे छ।
पोडामाइब नेपालले डिजाइन र डेभलप गरेको यो गेम एकैचोटी लाखौं व्यक्तिले एक साथ खेल्न सक्ने छन्। वर्ल्ड वार फोर–एण्डगेम्सको स्टोरी सन् २०३० मा सेट गरिएको छ, जुन बेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ।
‘तेस्रो विश्व युद्धपछिको भताभुङ्ग स्थितिमा तपाईं आठओटा बाँकी देशहरु मध्ये कुनै एक देशको नागरिक हुनुहुनेछ जहाँ तपाईं काम गर्नुहुन्छ, पैसा कमाउनु हुन्छ, नयाँ कम्पनी खोल्नुहुन्छ, विभिन्न कच्चा पदार्थ तथा सामाग्री उत्पादन गर्नुहुन्छ, सयौं अन्य खेलाडीलाई रोजगारी दिनुहुन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सामान किनबेच गर्नुहुन्छ, शेयर बजारमा लगानी गर्नुहुन्छ, देशलाई आर्थिक रुपमा अब्बल बनाउनु हुन्छ र चाहिने बेलामा देशको लागी लड्नुहुन्छ।’
यो गेमले उत्साह तथा मनोरञ्जनका साथसाथै समूह व्यवस्थापन तथा टिम वर्कको विकास र शेयर बजारमा भएका जोखिम र अवसरलाई बुझ्नका लागी पनि मद्दत पुर्याउने प्रोजेक्ट म्यानेजर भण्डारीको भनाई छ।
यो गेमको प्रि रजिष्ट्रेशन केहिदिन अघि मात्रै खुला गरिएको थियाे।
World War 4 - Endgames को प्रि रजिष्ट्रेशन गर्न यहाँ क्लिक गर्नुहोस्।
हाल यो गेम एन्ड्रोइड तथा कम्प्यूटरमा उपलब्ध हुने कम्पनीले बताएकाे छ।
‘यो धेरै मेहेनत र लगनका साथ बनाइएको नेपालको पहिलो MMORPG (Massive Multiplayer Online Role Playing Game) लाई सबैले साथ दिनुहुनेछ भन्नेमा आशा राख्दछु,’ एस्ट्रिक टेक्नोलोजीका सिइओ अतितलाल श्रेष्ठले भने।
ज्योति लाइफको आइपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि खुल्छ ?
काठमाडौं : ज्योति लाइफ इन्सुरेन्सको आइपीओ निष्कासन मिति परिवर्तन भएको छ । ज्योतिको आइपीओ अब फागुन २१ गतेदेखि खुला हुने भएको छ । यसअघि कम्पनीले फागुन २३ गतेदेखि आइपीओ बिक्री खुला गर्ने आह्वानपत्र जारी गरेको थियो । तर, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा आइपीओ निष्कासन मिति परिवर्तन गरिएको हो ।
अब यो आइपीओमा फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता ३० हजार कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।
उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । हाल यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८१ पैसा छ ।
काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाको आज शुक्रबार (माघ ३० गते) बाट ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको छ । कुल खुला गरिएको मध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
महिला लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ ।
रेटिङ
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले महिलाको लघुवित्तलाई “इक्राएनपी बीबी” रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले सन् २०२० अक्टोबर २१ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२१ अक्टोबर २० सम्म बाहल रहनेछ ।
कति कित्ताका लागि दिने आवेदन ?
नेपालमा पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक देखिएको छ । प्राथमिक र दोस्रो बजार दुवैमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको छ । जसका कारण दुई वटै बजारमा नयाँ नयाँ रेकर्डहरु बन्दै गएका छन् । आइपीओमा आवेदन दिनेको संख्या पनि उच्च रहेको छ । गत मंगलबार बिक्री बन्द भएको ग्रीनलाइफ हाइड्रोपावरमा माग भन्दा ७.३० गुणा बढी आवेदन परेको छ ।
यसमा झण्डै १४ लाख जनाले सेयर भरेका छन् । त्यसभन्दा अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पनि कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । पछिल्ला आइपीओमा परेको आवेदनलाई आधार मान्ने हो भने महिला लघुवित्तको सेयर पाउन पनि लगानीकर्ताले भाग्यमै भर पर्नुपर्नेछ । अझ महिला लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको सेयर संख्या ग्रीनलाइफ र इन्फ्रास्ट्ररको तुलनामा अत्यन्तै न्यून छ ।
जसका कारण सेयर पाउन निकै भाग्यमानी हुनुपर्ने देखिन्छ । त्यसमाथि पनि लघुवित्तको सेयरमा अझै बढी आकर्षण हुने गर्छ । न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ३७ हजार ५०० जना लगानीकर्ताले मात्र यो आइपीओ हात पार्ने देखिन्छ । तसर्थ, महिलाको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुनेछ । यद्दपि, यस कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
कम्पनी सम्बन्धी विवरण
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको कम्पनी हो । यस लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३, साँगा, काभ्रेपलाञ्चोकमा रहेको छ ।
महिला लघुवित्त २०७५ जेठ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो । यसले २०७५ असोज २२ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो भने औपचारिक रुपमा २०७५ कात्तिक १ गतेदेखि कारोबार सुरु गरेको थियो ।
हाल यस लघुवित्तले २९ जिल्लाहरुमा ५३ वटा शाखा कार्यालय र ५ वटा सुपरीवेक्षण तथा निरीक्षण कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण
महिला लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ६ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ४ लाख कित्ता आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात १० करोड रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% हुनेछ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म महिलाले ७ करोड १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८–७९ मा १२ करोड ४२ लाख ६४ हजार रुपैयाँ र आव २०७९–८० मा १९ करोड ७० लाख ९३ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ । कम्पनीले तत्काल पुँजी वृद्धि गर्ने कुनै पनि योजना बनाएको छैन । आव २०७९–८० सम्म आइपीओ बिक्रीपछि कायम हुने १० करोड रुपैयाँ पुँजी नै यथावत हुने प्रक्षेपण छ ।
यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ३७ पैसा र आव २०७९–८० मा १०४ रुपैयाँ ८२ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ र आव २०७८–७९ मा ३८५ रुपैयाँ पुग्ने अनुमान रहेको छ ।
प्रमुख कार्यकारी अधिकृत र आधारभूत सेयरधनीहरु
महिला लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्ण प्रसाद अधिकारीले सम्हालेका छन् । अधिकारीको शैक्षिक योग्यता स्नातकोत्तर रहेको छ । उनले स्वावलम्वन लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थामा गरी २४ वर्षको कार्यानुभव हासिल गरेका छन् । अधिकारीले वरिष्ठ सहायकबाट नियुक्ति लिएर विभिन्न तहहरुमा कार्य गरी हाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएका हुन् ।
यता, यस कम्पनीमा ५ जना आधारभूत सेयरधनीहरु रहेका छन् । जसमध्ये सबैभन्दा धेरै १ लाख ४५ हजार कित्ता सेयर डा. इमानसिंग गुरुङको रहेको छ । माछापुच्छ्रे् बैंकले १ लाख ४० हजार कित्ता र महिला अधिकार तथा विकास केन्द्रले ५५ हजार कित्ता सेयर होल्ड गरेको छ । यस्तै, जुली कुमारी महतोको १ लाख कित्ता र निरु कथुनी राईको ४५ हजार कित्ता सेयर रहेको छ ।