Tuesday, February 1, 2022

स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार एकै चरणमा

 


स्थानीय तह निर्वाचनको मितिबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गर्दै निर्वाचन आयोगको टोली ।

काठमाडौँ — सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन् । ‘सरकार र आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बन्यो । प्रधानमन्त्रीज्यूले तयारी अघि बढाउन भन्नुभएको छ, अब छिट्टै सरकारले निर्वाचनको मिति घोषणा गर्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले इकान्तिपुरसँग भने ।

आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन । गत शनिबार बसेको गठबन्धनको बैठकले कानुनमा आवश्यक संशोधन गरेर भए पनि जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले त्यसबारे छलफल अघि बढाएका थिए ।

प्रधानमन्त्री देउवाले कानुनमा संशोधन नगरी जेठ ४ मै स्थानीय निर्वाचन गर्न सहज हुने सहमतिपछि आयोगलाई छलफलका लागि बोलाएका थिए । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यताबमोजिम निर्वाचनको मिति तय गरिएको हो ।

‘स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुनबमोजिम आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने हो । तर, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य कार्यहरु निरन्तर गरिरहेकोले जेठ ४ मा निर्वाचन सकिने सुझाव दियौँ,’ छलफलपछि आयोगका एक पदाधिकारीले भने ।

छलफलमा आयोगले राखेको परामर्श

प्रकाशित : माघ १८, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट 

Tuesday, November 30, 2021

गजल

 __________गजल__________

________________________
बिन्ती  गर्छु  हे  रोग ,  सास  नलैजा ।
परिवारको एक्लो छोरो, अास नलैजा ।।

कमाउन  अा  को  हुँ  म , ऋण काढेर ।
एकै रातमा भा को झुप्रो , बाँस नलैजा ।।

खुसी थिइन् अामा चोली, फेर्दिन्छ भनेर ।
चढेर  शिर  दिनलाई पिर , रास नलैजा ।।

बुढी  छिन्  अामा  अरु ,  छैन सहारा ।
सराप लाग्ला दिने मै हुँ, गाँस नलैजा ।।

मरेर बाच्न सिकाका  हौँ ,  दुःखैमा  रमेर ।
रुखो तितो जीवनको यो, मिठास नलैजा ।।
new

साधनरण होस या उच्च, गाल नबनाउ ।
तमाम हास्ने पिर्ने एक , चाल नबनाउ ।

सक्छौ मद्दत नत्र अाशको, जाल ताकेर ।
अनायशै भित्र भित्रै , बेहाल नबनाउ ।।

हुने खाने माथि नै हुन्छ, तल्लो स्तरमा ।
जित्ने कुलीन हार्ने अनाथ, खाल नबनाउ ।।

गजधम्म ढाल्छौ उठ्नै , नसक्ने गरि ।
अनि अाफै रहस्यमय , सवाल नबनाउ ।।

जिउने इच्छा चाहना त , प्राणी पिच्छे हुन्छ ।
अनुनय छ छाड अब , कंकाल नबनाउ ।।


गजल

एक्लि  छोरी  यतै  घर , हुने खोजिदिनु ।
बाबूअामाका दिव्य पाउ, छुने खोजिदिनु ।।

म त यस्तै  स्वप्न भूमि , भित्रै रमाउने ।
बरु गोठालो अनि दुध, दुने खोजिदिनु ।।

एसी फ्रिज मसिन हेर्नू, किन्न सकिँदैन ।
हरेक हप्ता सारा लुगा, धुने खोजिदिनु ।।

बाझा छन् पाखा बारि, लाग्छ सरापेझै ।
खोर्सी छरि अन्न दाल, उव्जाउने खोजिदिनु ।।

बच्छ समय  केटाकेटी , झुलमा सुताएर ।
मेला पर्मो कैले कसो, धाउने खोजिदिनु ।।

देख्छु बिहे पछि घर, भाडभैलो भा को ।
तर हाम्रो खुसी शान्ति, छाउने खोजिदिनु ।।


ad

Saturday, June 12, 2021

कुन–कुन ब्रोकरको शाखा कहाँ–कहाँ पुग्यो ?

 

कुन–कुन ब्रोकरको शाखा कहाँ–कहाँ पुग्यो ?

Sat, Jun 12,2021

बिनोद खनाल
 
काठमाडौं : पुँजी बजार विस्तार हुँदै गएको छ । प्राथमिक र दोस्रो दुवै बजारको अ आकार र लगानीकर्ता संख्या पनि दिनहुँ बढिरहेको छ । दोस्रो बजारमा पनि पछिल्लो समय दैनिक १७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । यसरी लगानीकर्ताहरु निरन्तर वृद्धि हुन थालेपछि ब्रोकर सेवालाई थप प्रभावकारी बनाई मुलुकभर पुर्याउनुपर्ने माग थप बढ्न थालेको छ । ब्रोकरहरुको शाखा विस्तार गर्न, नयाँ ब्रोकर र बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनुपर्ने आवाजहरु पनि थप बुलन्द हुन थालेका छन् ।

तर व्यवहारमा नयाँ ब्रोकर थप्ने र बैंकलाई लाइसेन्स दिने विषय भने ओझेलमा परेको अवस्था छ । तर हाल कायम रहेकै ब्रोकरहरुको शाखा विस्तार कार्य भने धमाधम हुन थालेको छ । तर अझै पर्याप्त भने भइसकेको छैन । अनि, उनीहरु बाहिर पनि सहरकेन्द्रित नै भएको पाइन्छ । हाल ५० वटा ब्रोकर कम्पनीमार्फत सेयर कारोबार हुँदै आएको छ । 

यसआधारमा ग्रामीण जिल्लाहरुमा अझै ब्रोकर सेवा पुगेको छैन । अहिलेसम्म सबैभन्दा धेरै शाखा विस्तार गर्नेमा भिजन सेक्युरिटिज रहेको छ । यसले मुलुकभर ५ स्थानमा शाखा विस्तार गरेको छ । ८ वटा ब्रोकर भने हालसम्म उपत्यका बाहीर गएका छैनन् । हेरौं, कुन–कुन ब्रोकरको शाखा कहाँ–कहाँ रहेको छ :


Sunday, May 16, 2021

यी स्थानमा गएर लगाउनुस् ‘भेरोसेल’ खोपको दोस्रो डोज (तालिकासहित)

 


सांकेतिक तस्वीर

काठमाडौँ– काठमाडौँमा आजदेखि कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज प्रदान गरिँदैछ।

काठमाडौँ महानगरपालिकाभित्र पहिलो डोज लगाएकाहरुले वडा र खोप केन्द्रमा गएर भेरोसेलको दोस्रो खोप लगाउन सक्नेछन्।

यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् ।

२०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो खोप दिइनेछ ।

यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।

वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।

महानगरले यसअघि तोकेका खोप केन्द्रमध्य केही खोप केन्द्रहरु परिवर्तन गरेको छ ।

हेर्नुस् तालिका :

Sunday, April 25, 2021

Driving license Exam preparation question answer

 


१. सवारीसाधनमा मोविलको प्रयोग किन गरिन्छ?

उत्तरः- ईञ्जिन संचालनमा सजिलो पार्न

२. सवारीसाधन दुर्घटना भएको चालकले कसलाई खबर गर्नुपर्दछ?

उत्तरः- नजिकको प्रहरीलाई

३. निजी कारको नम्बरमा कुन अक्षरले संकेत गरिन्छ?

उत्तर:- 'च

४. Fan Belt ले के काम गर्दछ?

उत्तरः- Fan लाई घुमाउँछ।

५. सवारीको व्याट्रि केबाट चार्ज हुन्छ?

उत्तर:- गाडिको डाइनामो

६. दोस्रो पटक ट्राफिक संकेत वा ईशारा उल्लंघन गरेमा यातायात निरीक्षक वा प्रहरीले कतिसम्म जरिवाना गर्न सकिन्छ?

उत्तरः- रु. ५०० देखी २००० सम्म


७. चार कुने आकारको ट्राफिक चिन्हले के जनाउँदछ?

उत्तरः- सूचना मूलक

८. ठूलो सवारीसाधनको वजन कति हुन्छ?

उत्तरः- १० टन भन्दा माथी

९. क्लजको काम के हो?

उत्तरः- ईञ्जिन र गियरको सम्बन्ध छुटाउने ।

१०. एकतर्फि सवारीनियम पहिलो पल्ट उल्लंघन गरेमा अधिकतम जरिवाना कतिसम्म हुन्छ?

उत्तर:-रु. ५०० देखी १५०० सम्म

११. ओभरटेक भईरहेको बेलामा सवारीसाधनलाई कस्तो गियरमा राख्नुपर्दछ?

उत्तरः- जुन गियरमा ओभरटेक भएको हो त्यसैमा

१२. सवारीदर्ता रोक्का गर्ने अधिकार कसलाई हुन्छ?

उत्तर:-यातायात व्यवस्था विभाग

१३. दमकल आएको अवस्थामा आफ्नो सवारीसाधनलाई के गर्नुपर्छ?

उत्तरः:- सवारीको गतिलाई कम गरी साईड दिनुपर्छ

१४. ईज्जिनमा कुन आयल हालिन्छ?

उत्तर:- इंञ्जिन आयल

१५. यातायात सेवा सञ्चालन गर्नका लागि कोसंग अनुमति लिनुपर्दछ ?

उत्तर:- यातायात व्यवस्था विभागसंग

१६. मोटरसाईकल तथा अन्य दुई पाड्ग्रे सवारीसाधनका लागि कति वर्ष उमेर पुगेको मानिसले सवारीचालक अनुमतिपत्र पाउन सक्दछ?

उत्तर:- १६ वर्ष

१७. अपाङ्गता भएका व्यक्तिहरुलाई कस्तो सवारीचलाउन चालक अनुमतिपत्र दिनुपर्छ?

उत्तरः- अपाङ्गको लागि बनाईएको विशेष सवारी

१८. ढिलो गतिमा चल्ने सवारीलाई सडकको कुन साईडबाट चलाउनुपर्छ?

उत्तरः- बायाँबाट

१९. स्पार्क प्लगले सवारीको ईज्जिनमा के काम गर्दछ?

उत्तरः-करेन्ट दिने काम

२०. बाक्लो बस्ती भएको ईलाकामा सवारीको गति कति हुनुपर्दछ?

उत्तरः- ४० कि.मि प्रतिघण्टा

२१. काठमाण्डौं उपत्यकामा कुन इन्धनबाट सञ्चालित सवारीट्याक्सीका रुपमा ल्याउन पाइदैन?

उत्तरः- डिजेल

२२. सी.सी. भन्नाले के बुभझिन्छ?

उत्तरः- ईज्जिनको क्षमता

२३. यातायात व्यवस्था समितिको प्रमुख को हुन्छ?

उत्तरः- प्रमुख जिल्ला अधिकारी

२४. नेपालको कुन सवारीसाधनमा प्रदुषण जाँच गरिदैन?

उत्तरः- डोजर तथा लोडरमा

२५. चालक अनुमतिपत्र के गर्दा स्वतः रद्द हुन्छ?

उत्तर:-म्याद नाघेको ५ वर्षसम्म नविकरण नगरेमा।

२६. सवारीतथा यातायात व्यवस्था नियमावली जारी कहिले भएको हो?

उत्तरः- बि.सं. २०५४/३/१२

२७. यातायात निरिक्षकको नियुक्ति कसले गर्ने व्यवस्था गरेको छ?

उत्तर:- नेपाल सरकारले

२८. सार्वजनिक सवारीसाधनको भाडादर कसले निर्धारण गर्दछ?

उत्तर:- यातायात व्यवस्था विभागले

२९. जीपमा चालक सहित सिट संख्या कति रहेको हुन्छ?

उत्तर:- १४

३०. मिटर जडित नभएको टेम्पोमा चालकसहित बढिमा कतिजना यात्री राख्न सकिन्छ?

उत्तर:- १३


३१. बसमा कतिजनासम्म यात्री राख्ने सिटमंख्या हुन्छ?

उत्तर:- २६ देखी ५६ सम्म

३२. भ्यानको चालकसहित बढिमा कतिजना यात्री राख्न सकिन्छ?

उत्तर:- १४ जना

३३. मिनिबसमा कतिजनासम्म यात्री राख्नसकने सिटसंख्या रहेको छुन्छ?

उत्तरः- १५ देखी २५ सम्म

३४. कारमा चालकसहित कतिजना यात्री राख्ने सिटसंख्या रहेका हुन्छ?

उत्तर:- ५ जना

३५. माइक्रोबसमा चालक सहित कतिजना यात्री राख्न सक्ने सिट संख्या रहको हुन्छ?

उत्तर:- १४ जना

३६. ट्याक्सीमा चालक सहित कतिजना यात्री राख्न सक्ने सिट संख्या रहेको हुन्छ?

उत्तर:- ५ जना

३७. मिटरजडित टेम्पोमा चालक सहित बढीमा कतिजना यात्री राख्न सक्ने सिट संख्या रहेको हुन्छ?

उत्तर:- ४ जना

३८. सनसाईनमा चालक सहित कतिजना यात्री राख्न सक्ने सिट संख्या रहेको हुन्छ?

उत्तर:- २ जना

३९. परिचालकको कति रकम विमा गरिएको हुन्छ?

उत्तरः-रु. ५,००,००० (पाँच लाख)

४०. कुन सवारीसाधनमा व्याक गियर हुदैन?

उत्तरः- मोटरसाईकल

४१. चालकको स्थायी ठेगाना बदलिएमा कतिसमयसम्म सो कुराको सूचना यातायात व्यवस्था कार्यालयको प्रमुखलाई जानकारी गराउनुपर्छ?

उत्तरः-३० दिन भित्रमा

४२. तीव्र गतिको गाडी के गर्दा बढी खतरा हुन्छ?

उत्तर:- एक्कासी मोड्दा

४३. कस्तो रोग भएका व्यक्तिले सवारीचालक अनुमतिपत्र पाउन सक्दैन?

उत्तरः- क) छारेरोग भएको ख) रतन्धो भएको ग) बहिरो भएको

४४. हिलो वा बालुवा भएको ठाउँमा सवारीकसरी हाँक्दा फस्ने सम्भावना कम रहेको हुन्छ?

उत्तरः- स्टेरिङ्ग सिधा पारेर

४५. कस्तो परिस्थितिमा दुर्घटनाग्रस्त सवारीप्रहरीले परीक्षण नगरुञ्जेल दुर्घटना भएको ठाउँबाट हटउन पाइदैन?

उत्तरः- दुर्घटनास्थलमा मानिसको मृत्यु भएमा

४६. सार्वजनिक सवारीमा फेला परेको कुनैपनि मालसामान के गर्नुपर्छ?

उत्तर:- यातायात व्यवसायी संघको कार्यालयमा बुझाउने

४७. सुरक्षित तथा इन्धन खपतको हिसावले सवारीसाधनमा कति स्पिड हुनुपर्दछ?

उत्तरः- ४० देखी ६० कि.मि. प्रतिघण्टा

४८. VIP को गाडी आउँदा के गर्नुपर्छ?

उत्तरः- साईड दिने

४९. सवारीसाधन भित्र कसले धुम्रपान गर्न पाउँछ ?

उत्तरः- कसैले पनि पाउँदैन

५०. पिकअपले कति टन भारबहन गर्न पाउने कानूनी मान्यता रहेको छ?

उत्तर:- १ टन

५१. एक क्षेत्रमा दर्ता भएको सवारीअकों क्षेत्रमा प्रवेश गर्दा कति समयसम्म नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु पर्दछ?

उत्तरः- २४ घण्टा

५२. माइक्रोबसको लागि बढीमा कति कि.मी. दुरीसम्मको लागि बाटो इजाजत पत्र दिइनेछ?

उत्तरः- ३०० कि.मी. दुरीसम्म

५३. हालको अवस्थामा मोटरसाईकलको राजश्व कति तिर्नु पर्छ?

उत्तरः- रु. ७०० (सातसय)

५४. हेलमेट नलगाईकन मोटरसाईकल चलाएमा के हुन्छ?

उत्तर:- दुर्घटना भएमा ज्यान जान सक्छ

५५. मझौला सवारीको लाइसेन्स लिन कति वर्ष उमेर पुगेको हुनुपर्दछ?

उत्तर:- १८ वर्ष

५६. चालक अनुमती पत्र नभएको व्यक्तिले सवारीसाधन चलाई सवारी दुर्घटना गराएको अवस्थामा र कुनै पनि मानिसको अङ्गभङ्ग गराएमा चालक अनुमतिपत्र भएको व्यक्तिले भन्दा थप कति जरिवाना हुनसक्छ?

उत्तर:- रु.६००० छ हजार)

५७. कति वर्षको उमेर पुगेको व्यक्तिलाई ठूलो र सभौला सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिइने छैन?

उत्तर:- ६० वर्ष

५८. चालक अनुमतिपत्र दिइएको मितिले कति वर्षसम्म बहाल रहनेछ?

उत्तर:-५ वर्ष

६०. ब्रेक लाईट कति बेला बल्दछ?

उत्तरः- फुट ब्रेक लगाउँदा

६१. सवारीऐन तथा नियमावली अनुसार चालक भन्नाले कसलाई बुझाठंदछ?

उत्तरः-सवारीचालक अनुमतिपत्र प्राप्त व्यक्ति

६२. ज्यान मार्ने मनशायले कुनै व्यक्तिलाई मार्ने प्रयास गरेमा कस्तो प्रकारको

सजाय रहेको छ?

उत्तरः- सर्वस्वसहित जन्मकैद

६३. सरकारी सवारीको नम्बर प्लेट कस्तो दुनुपर्नेछ?

उत्तरः- सेतो प्लेटमा रातो अक्षर र अंक हुनुपर्दछ

६४. कालो प्लेटमा सेतो अक्षर र अंक कुन सवारीसाधनको हुन्छ?

उत्तरः- सार्वजनिक सवारीको

६५. निलो नम्बरप्लेट भएको सवारीले कस्तो सवारीलाई बुझाउँदछ?

उत्तरः- कुटनीतिक सवारीलाई

६६. साना सवारीभन्नाले कस्तो सवारीलाई बुझाउँदछ?

उत्तरः- ४ टन भन्दा कम बजन भएको सवारीसाधनलाई

६७. निजि सवारीसाधन भन्नाले कस्तो सवारीलाई जनाउँदछ?

उत्तरः-आफ्नो व्यक्तिगत निजि कामको लागी प्रयोग गर्ने सवारीलाई

६८. पर्यटन सवारीभनेको के हो?

उत्तरः-विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्ने

६९. खाली रहेको अवस्थामा सार्वजनिक सवारीले यात्री लिन ईन्कार गरेमा

कतिसम्म जरिवाना हुनसक्छ?

उत्तर:-रु ५०० देखी २००० सम्म

७०. अन्तरराष्ट्रिय सवारीचालक अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले नेपालमा

सवारी चलाउन अनुमति पत्र लिन के गर्नुपर्दछ?

उत्तरः-कुनै पनि कार्य गर्नु पर्दैन

७१. सवारीलाई कस्तो अवस्थामा अस्थाई दर्ता गराउनु पर्दछ?

उत्तरः-

(क) सवारीपैठारी गर्ने व्यक्तिले म्यादभित्र दर्ता गराठन उपस्थित हुन नसकेको अवस्थामा।

(ख) सवारीको ईंज्जिन,चेसिस, या अन्य कुनै पाटपूजाको खराबीको कारणले गर्दा सवारी

दर्ता गराउन ल्याउन नसकेको अवस्थामा

(ग) सवारीनिर्माण कम्पनि वा बित्रि गर्ने एजेण्ट वा विमा कम्पनिसंग श्तिपू्ति

विमासम्बन्धी विवाद परेमा।

७२. विदेशमा दर्ता भएको सवारी वा विदेशी सवारी नेपालभित्र चलाउनको

लागि के गर्नुपर्छ?

उत्तरः- प्रचलित कानून बमोजिम अनुमतिलिनुपर्दछ

७३. विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाठन बढीमा कति

महिनासम्मको लागि अनुमतिदिन सकिनेछ?

उत्तरः- १ महिनाको लागि

७४. लिखित परीक्षामा असफल हुने दरखस्तावालाले सो परीक्षा सम्पन्न भएको मितिले कति समय पुरा नभएसम्म पुनः दरखास्त दिन पाउने छैन?

उत्तरः- तीन महिना

७५. सार्वजनिक सवारीले बाटो इजाजत पत्र लिनलाई के गरेको हुनुपर्दछ?

उत्तरः-

(क) सवारीचालक, परिचालक, सुरक्षाकर्मी तथा सवारीमा काम गर्ने अन्य कर्मचारीको तेस्रो पक्ष विमा गराएको

(ख) दर्ताको प्रमाणपत्र नविकरण गराएको

(ग) सवारीको जाँचपास गराएको

७६. म्याद नाघेको ४ वर्षपछि चालक अनुमति पत्र नविकरण गराउन आउने चालकबाट नविकरण दस्तुरको अतिरिक्त थप कति प्रतिशत दस्तुर तिर्नुपर्दछ।

उत्तरः- ४००।- सम्म

७७. के गर्दा चालक अनुमति पत्र निलम्बन हुनसक्दछ?

उत्तरः-पालना गर्नुपर्ने नियमहरु ५ पटक भन्दा बढीपटक उल्लंघन गरेको अवस्थामा

७८. सवारीऐन तथा नियमावली अनुसार परिचालक भन्नाले कसलाई बुझाउँछ?

उत्तरः- सवारीमा काम गर्ने चेकर तथा हेल्परलाई

७९. अनुमतिन लिइकन विदेशी सवारी नेपालभित्र चलाएमा के हुनसक्छ ?

उत्तरः- रु.१००० देखी ६००० सम्म जरिवाना

८०. ट्रक तथा ट्याङ्करले कतिसम्म भारबहन गर्न पाउने कानूनी मान्यता रहेको छ ?

उत्तरः- प्रतिएक्सल १०.२

८१. मिनिबस तथा मिनिट्रकको सवारीचालक अनुमतिपत्र लिनको लागि कति राजश्व बुझाउनुपर्दछ?

उत्तरः- रु. १५००।- (पन्ध्र सय)

८२. नेपाल भित्र भन्सार तिरी ल्याएको मितिले १५ दिनसम्म पनि दर्ता नगराएमा कतिसम्म जरिवाना हुनसक्छ?

उत्तर:-एक हजार देखी पाँच हजार रुपैया सम्म

८३. कुनै पनि सार्वजनिक स्थानमा कुनै पनि मानिस सवारीको आवागमन बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा कस्तो सजाय हुनसक्छ?

उत्तर:-एक हजार देखी पाँच हजार रुपैया सम्म

८४. सवारीधनिले यातायात व्यवस्था प्रमुखको स्वीकृत नलिई सवारीको सिटसंख्या, स्वरुप, इन्जिन परिवर्तन वा हेरफेर गरेमा कतिसम्म जरिवाना बढीमा कति हुनसक्छ?

उत्तरः- एक हजार देखी पाँच हजार रुपैया सम्म