अर्घाखाँची , देश निर्माण गर्ने प्रतिवद्दता सँगै राजनितिक पथ तय गर्ने हाम्रा बुज्रुक जसलाई बिकाशको शाव्दिक अर्थसम्म थाहा हुदैन उदाहरणका लागि अर्घाखाँचीको हिले देउराली हुँदै खनदह जोड्ने बाटोलाई लिन सकिन्छ । देशको राष्ट्रिय बजेट लापर्वाही साथ यसरी खर्च हुदापनि कानुनको दायरा फराकिलो नहुनु प्रमुख लज्जास्पद कुरा हो । बिद्यालय स्तरमा दिगो विकासका अवधारणा सिकाइ रहदा दर्जनौं कच्ची र अब्यवस्थित सडकले गाउँ पुग्न सकिनेलाई बिकास बुझ्ने हाम्रो संस्कृति त्यसकै बदलामा प्राकृतिक स्रोतको बचावटमा गएको एक सु-व्यवस्थापन बाटोलाई बिकाश मान्दैन । देशको अार्थिक बजेट दिनानुदिन चिन्ताको घेरामा गईरहदा पनि बिकासको नाउमा नामका निम्ति वेपर्वाह खर्च गर्ने प्रचलनले अाज बन क्षेत्र अनावश्यक विनाशको चपेटामा परेको छ । हाम्रा पत्रकार राम बस्नेतका अनुसार अरुले खोलेको बाटो बनाउदा अाफ्नो नाम अोझेल पर्ने तथा अाफ्नो पनबाट बिचौलिया संकृतिको उदण्डताले समाज बिकासको नाउमा विनाशको चपेटामा धकेलिएको जानकारी दिनुभयो ।समाजमा भ्रष्टाचारका विरुद्ध अावाज निकाल्ने जनप्रतिनिधि नहुदा समाज मौन रहेको स्थानीय रमेश थापाले जानकारी दिनुभयो । ३५ हजार घन मिटरका निमित्त ढाई करोड परेकोमा प्राकृतिक भूमिमा असर सँगै प्रयोग विहिन यश बाटोले सवैको मजाकको केन्द्र बनेको छ । पिनि अर्घाखाँचीमा घटेको यो राष्ट्रिय बजेटअनावश्यक फजुल खर्चबारे उच्चस्तरीय सरकार मौन रहनुले कतै उच्चस्तरबाटै प्रेरणा त मिल्दैन भन्ने चासोको बिषय बनेको छ ।
No comments:
Post a Comment