Thursday, April 16, 2020

राहतमा कमजोरी कि चलखेल ?




छत्रदेव-३अर्घाखाँची, विश्वभर महामारीको रुपमा फैलिरहेको COVID-19 ले नेपालमा प्रभाव देखिन साथ प्रयासरत कार्यकै उदाहरण हो LOCKDOWN जसको प्रभाव धनी गरिव सबैमा परेको छ । देशभर अत्यावश्यक जीवनयापनका निम्ति खाध्यान्न बितरण गर्ने प्रयास चलिरहदा गरिब जनताबाट भने सन्तुष्टिको घनिभूत नभएको पाइन्छ । मजदुर तथा कमजोर आर्थिक अवस्थामा रहेका छत्रदेव-३ अर्घाखाँचीका जनताले राहत अाफ्नो-पनबाटै वितरण भएको बताउँछन् । राहतका निम्ति छुट्टयाइएको रकमबाट राहतसामाग्री वितरण पुर्व नाम लेखाउने परिपाटी जसमा सुचनाको अभावले सम्पूर्ण अार्थीक विपन्न जनताले दर्ता गर्न नसक्नु कमजोरी हो या चलखेल ? यो चिन्ताको विषयमा निम्तिएको छ ।"के विपन्नले दर्ता नगरे राहत दिन मिल्दैन ? करका समयमा त खोजिखोजि तिराईन्छ सबैलाई अाखिर किन खोजिएन राहत बितरणमा ?" स्थानीय राम बि.क.ले कड्किएर सोधे तर स्थानीय गाउँपालिका प्रमुख भने माक्स तथा खाध्यान्न वितरण प्रभावकारी र व्यवस्थित भएको बताउँछन् । समाचारहरुमा पनि गाउँपालिका प्रमुख लेखनाथ पोख्रेल चयन भएपछि मुहार परिवर्तन भएको दर्शाउँदै बल्कोट पौवालाई सङ्केत गरेको पाईन्छ जवकि सो मर्मत तथा अस्पतालका निम्ति वृहत् महायज्ञ भएको सबैलाई अवगत छ । राहतकै विषयमा नाम दर्ता नभएको अवस्थामा एकले अर्का पदाधिकारीलाई इङ्कित गर्दै समय बर्बाद गरिदिने स्थानीय युवा केशव पाण्डेले जानकारी दिए ।उनले हाम्रा सञ्चारकर्मी सँग भने "मिडियाहरु मौन छन् , बोल्नखोज्नेलाई सहयोग गरेझैं गरि चुप बनाइन्छ , राहत बाड्ने खवर सम्म गर्दैनन् ।" यसबाट के स्पष्ट हुन्छ कि पदवाला, बोल्नसक्ने र सञ्चार एउटै वर्गका हुदा दोस्रो तह अर्थात विपन्न वर्ग मर्कामै रहेको पाइन्छ ।

No comments: