Sunday, March 29, 2020
Saturday, March 28, 2020
Nepali Love Poem By Binod Khanal |बिनोद खनालको मनै छुने शव्दमा प्रेम विषयमा कविता
In RR COLLEGE |
म तिम्रै श्री
म तिम्रै मान
श्री र मानको मेल भएझैँ
लगनगाँठो केसर
गासिएको थियो सम्बन्ध
गरिएका थिए वाचा
समाहित गरेका थियौँ जिन्दगी
अर्धाङ्गिनी , म भन्नै सक्दिन
निर्विकार बन्धनमा छु ।।
स्वर्ण सपना सर्वस्व त्यागी
नवशिशुझै गृहस्थी बनेर
नविन जीवन सुरुवात गर्न
सिन्दुर, चुरा र पोतेको आडमा
सहयात्रामा समाहित भएकि थियौ,
सम्पुर्ण स्निग्ध वैभव
निसङ्कोच समर्पण गरेकी थियौ ।।
ए कान्तसेवी
तिम्रो पदचापमा पदचाप
क्रमवदॄ मिलाउन सकूँ,
मृतुता मन टुक्रिँदा
भूतस्वरूपमा सिलाउन सकूँ,
प्रत्येक दिन तिमीमा
नवसुहागिनी अनुभव गर्न सकूँ,
निरपेक्षी मनोभावले
आजिवन त्राता बन्न सकूँ
सयौँ जन्म अर्धाङ्गिनी भन्न सकूँ ।
अर्धाङ्गिनी, जीवनको कुनै मोडमा
भय अङ्गाली
उग्र असहनशील यात्रामा
समाजविरूदॄ निस्कन नपरोस,
निराधार बन्न नपरोस,
तिम्लाई त हरक्षण
सिन्दुर पोते ती चिनारीहरूमा
समाधिभित्र खोज्दापनि
छविसरह देख्न पाऊ ,
मनोआवाजसरह सुन्न पाऊ,
तिमीलाई हरपल
बाग्दतां श्रीङ्गारमा भेट्न पाऊ
कथ्कदाचित दैवको कु–दृष्टिले
अनपेक्षित तिमीबाट टाढा भए
मेरो उपहारस्वरूप
पहिरिनु आजिवन ती चिनारीहरू ।।
Friday, March 27, 2020
Nepali love poem |नेपाली प्रेम कविता by Binod Khanal
photography by Binod Khanal |
कारवाही गरियोस
सरकार-कारवाही गरियोस
यदि मानवताको हिसावले
स्वतन्त्र बाच्न पाउने भए
उन्लाई ठुलै कारवाही गरियोस ।।
गुलाफको पत्रपत्रमा
बुर्कुसी मार्दै उफ्रिरहने मन
अाज त्यही पुरानो
सुगन्धमा रमाउन छाडिसक्यो
बादलमा तुइनमा झैं झुन्डिएर
लुकामारी खेल्ने सपना
उनले रावणले
सिता हरेझै हरेर गइन्
माया प्रेम नपुग्नेलाई
यसकै ठुलो रोगी बनाएर
राजनिती गरिन बेजोडले र
म भित्रको मैलाई मारिन्
जिवित गरिन नयाँ उर्जासहित ।।
मलाई मिठामिठा बातहरु र
प्रेममय यात्रा
न्यायाधीश ज्यू, मनै पर्दैन
मलाई त मेरै पुरानो जीवनशैली
प्राणभन्दा प्यारो छ
जहाँ,
अाफु नै अाफ्नो
अाफ्नो नै अाफु
न रोक्ने थियो
न टोक्ने थियो
पुरै स्वतन्त्र हावा झैँ ।।
न्यायाधीश ज्यू, मलाई मेरो
पुरानो
निद फिर्ता दिनुहोस्
चैन फिर्ता दिनुहोस्
मन फिर्ता दिनुहोस्
पुरै जीवननै फिर्ता दिनुहोस्
यदि कानुन अन्धो छैन भने
बरू लगाउनुहोस्
धारा
उपधारा
मलाई इन्साफ उन्लाई
कडाभन्दा कडा कारवाही गरियोस् ।।
Nepali love poem | प्रेम कविता बिनोद खनालको मर्म स्पर्शि शव्दमा
म प्रेमको कुन यात्रा गर्दैछु
चुडिएको चङ्गामा अल्झिएर
किन बतासिदै छ यो मन ?
फ्याकिएको अश्रु ग्याससरि
किन फैलिदै छ यो मन ?
के यसको कुनै अाकार छैन ?
सिमाना छैन ?
नि:स्पृह यो मुद्रामा पनि
प्रलोवनमा परेर
ज्यादती गरेर
किन दिदैछ बैनामा डेरा ?
निरपेक्ष तृणसरि
किन फैलिदैछ अनुराग ?
अाफै अतृप्त यो अस्तित्वमा पनि
म प्रेमको कुन यात्रा गर्दैछु ।।
नास्तिशीतोष्म यो मन पनि
चित्तचोरकै अासपास
Thursday, March 26, 2020
Revenge Nepali love story by Binod Khanal | मन छुने नेपाली प्रेम कथा | नेपाली प्रेम कहानी बदला | nominated for national prize
रिभेन्ज
कथासङ्ग्रह "रिभेन्ज"
बगैचा तवसम्म अाकर्षक हुदैन जवसम्म फुलहरु फुल्दैनन् ।फुलहरु तवसम्म अाकर्षक हुदैनन् जवसम्म फक्रेर सुवास फैलिदैन ।जब बगैचा ,फुल र सुवासको मेल हुन्छ तब सवैका अाँखा त्यतै चर्न पुग्दछन् ।जतिसुकै तर्केर हिड्न खोजेपनि मन त्यही पुगिहाल्दछ ।अाफ्नै बगैचाका फुल जब फुल्छन् बल्ल त्यसको महत्त्व तथा सुन्दर्ता थाहा हुन्छ त्यस्तै भो मेरो चाटुकार(प्रेमका कुराकहानी) ।
चारवर्ष सङ्गसङ्गै बित्यो । ऊ मेरो नजरमा साथी भन्दा माथि कहिल्यै पुग्न सकिने ।उ पुग्न नसकेको भनौँ वा पुग्न नदिएको मेरो रोजाइका गुण सम्भवतः उसमा थिएनन् । त्यसैले उ सिढीको तल्लो भागमै अड्किएर बस्न बाध्य थिई ।नाउ उत्रदैन भने त्यसमा जलयात्रा गर्नुको के अौचित्य । उस्लाई सिढी चढ्न नदिन मेरा रोजाईका गुणहरु पर्खाल बनेर बसेका थिए; भिषण मुर्तिधारी कालो नाग बनेर हलचल भए डस्न । उ पनि कहिल्यै त्यो नागसँग जुध्न चाहिने ।उ त्यहि खुड्किलामै अानन्दपूर्वक रहि, एयाक्रमको माछासरि ।
सातौश्रेणीमा भर्खर पुगेको थिए ।स्कुलमा नौँमा पढ्न नयाँ केटीको प्रवेश भो । म फुलको जातसँग भन्दा फुलसँग लोभिने । बोट चिन्नु भन्दा फल खानपाए खुसिहुने । उसको रुपरङ्ग शारीरिक बनोट सानोमा खाने पिपलगेडी जस्तै लाग्यो ।देख्ने बित्तिकै खाउखाउ लाग्ने । म मा स्त्रि प्यासको ठूलो रोग मन बाध्नै सक्दैनथे ।त्यसैले सकभर टाढैबाट भएपनि प्यास मेट्ने प्रयत्न गर्थे ।प्यास मेट्ने क्रममा एकदिन रविनले प्रस्ताव गर्यो "दाइ फुललाई नै थाहा छैन भने लुकिछिपी रस चुस्नुको के मज्जा ?बरु बताइदिनु ।"
उसको कुरा ठिकै लाग्यो ।क्षणिक छलफलपछि उसले प्रस्ताव बोकेर केटिलाई भन्न गयो ।
उ फर्कियो ।उ सँग कुनै प्रतिक्रिया फर्किएन ।उ निशव्द अायो ।
***
भोलिपल्ट तेस्रो प्रियड खालि थियो ।वालमा बसेर उस्लाई नियाल्दै थिए । सुजनको अागमन भयो ।उ मेरो नजिकको मित्र ।हामीले साथमा धेरै समय साथमा स्पेण्ड गर्थ्यौँ । साथी भएपनि दाजुभाइ जस्तै ।पढ्ने लेवल पनि समान ।
"बिजय , नयाँ केटी अाइछे देखिस त ?"
"अ ! किन ? "
"लास्ट राम्री छे यार ; मिलाईदेन ।"
उसले यस्तो चिज माग्यो जुन दिन हृदयनै कठोर पार्नुपर्छ ।खानलाई मुखमै पुर्याएको गाँस कसरी दिनु ।नदिऊ भने वर्षौंदेखिको सम्बन्ध बिग्रने डर ।
"बिचार गर्छु ।"
"के बिचार गर्नु, गएर मिलाइदेन ।"
मलाई सुजनले गहिरो खाडलमा धकेलिदियो ।म खाडलमै रहेर भएपनि उस्लाई खुसी पार्नु थियोे ।साथीको नाताले केही देन गर्नु थियो । हुन त ! अाफ्नो प्रतिष्ठा पनि त जमाउनु पर्यो ।भोलिबाट पनि उनिहरुसँगै रहनु छ । स्वार्थसिद्धीको नकाप अोढेर कहाँ बस्न सक्नु । अाफ्नै मनलाई सानत्वना दिदै लागे मिलाइदिन ।
"सुन न !"
"अ, भन"
"त्यो हिज भाईले भनेको म हैन उ त्यो सुजन हो है । उस्ले तिम्लाई लाइक गर्छ रे ;"
"ए" उस्ले सजिलै कुरा टालेर अाफ्नै गफमा लिप्त भई । म फर्कनु सिवाय अरु केही बिकल्प मेरा सामु थिएन । जवर्जस्ती माया गर भनेर डर दिनु पनि त भएन ।उस्लेनै कुनै रिएक्सन नदेखाएपछि मेरो के लाग्नु ।
सुजनको जोडी मिलाइदिन ठुलै संघर्ष झेल्नुपर्यो । ठुलै नभएपनि सानोतिनो राजनीति गर्नु पर्यो ।दिदी बहिनी साथीभाई सबैको मद्दत लिनु पर्यो ।नेट इन्टरनेटमार्फत केटी पट्याउने शुत्र पनि प्रयोग गरियो ।महिनौंपछि मिसनले positive किनारा पायो । दुवै एक्यवद्ध भए ।दुई नदिको मेल भएझैं ।
***
स्कुल जाने फर्कने क्रममा सुजन र म सँगै जान्थ्यौँ ।हाँसो ठट्टा गर्दै स्कुल अाउजाउ गर्नुको मज्जा नै बेग्लै तर पछि हाम्रो दैनिकीमा अवरोध निम्तियो ।उ सँग स्कुल जान फर्कन पाइएन । उ सुज्यानसँगै हिड्न थाल्यो ।म एक्लै भए । कुरा गर्ने पनि कोही भएन ।सुज्यानसँगै सर्मिला पनि हिड्ने गर्थी ।उ पनि एक्लि । सुज्यान र सुजन अघिअघि हामी दुई पछिपछि ।हाम्रो त्यति कुरा नहुने । उनिहरुले हामिलाई जिस्काई रहन्थे । काम पर्दा बोल्दा पनि उनिहरुको नजरमा हामीले प्रेमिल कुरा गरेका हुन्थ्यौँ । पानी पर्दा छाता, प्यास लाग्दा पानी share गर्नु पनि उनिहरुको नजरमा प्रेममय हुन्थ्यो ।
मन कतिबेला बद्लिन्छ पत्तै नहुने । बर्खाको अाकास झैँ क्षणभरमै बादल डम्म ढाकिने र क्षणभरमै खुलेर छ्याङ्ग ।
पहाडका खोचहरुमा झैँ क्षेणभरमै हुस्सु गुम्म हुने र क्षेणभरमै सफा । मन धेरै परिवर्तनशिल ।अाफु बदलिनु अगावै कसैलाई जानकार नगराउने ।कसैलाई समावेश गर्नु अगावै संकेत नदिने ।सानातिना कुराहरूबाटै परिवर्तन हुने मनले सर्मिलालाई समाहित गरिसकेछ ।चारचार वर्ष लिन नसकेको स्थान दिइसकेछ ।ती फणाधारी भुजाङ्ग नागहरु मौन बसेछन् ।उस्लाई सजिलै सिढी उक्लन दिएछन् ।ती मेरा रोजाइका गुणहरु थिए थिएनन् जान्न सम्म पाइएन ।उस्लाई यो मनले चोखो प्रेम गर्न थालिसकेछ ।मन मन्दिरमा सजाई सकेछ सर्वशक्तिमान ईश्वरलाई झैँ ।
***
फुल फुलेपछि झर्छ नै ।दिन ढलेपछि रात हुन्छ नै ।यो शृष्टिमा मिलन पछि बिछोड हुन्छ नै । कहिले छिटो कहिले ढिलो त्यो त समयकै खेल । हामी त मात्र त्यसका पात्र ।अाफ्नो अभिनय निभाउनु पर्ने के कस्तो भुमिका हो त्यसमै निर्भर भएर । अाठ महिना प्रेममय नै बित्यो ।हामी प्रेमिल जोडी भएर अाफ्नो भुमिका प्रस्तुत गर्यौ ।शारीरिक सम्बन्ध बाहेक हामिबिच सवै बाडिए ।भावना बाडिए । दु:ख बाडिए । सुख बाडिए । सकेसम्म धित पुराएरै भुमिका कडक प्रस्तुत गर्यौ तर समयले कहाँ भूमिका परिवर्तन गर्न दिदोरहेछ र ? अाठको अन्तिम परिक्षाको अन्तिम विषय दिएर फर्कदै थियौँ ।धापासी, कृष्ण मन्दिर रोडमा उ टक्क अडिई ।
"के भो ? हिड न !"
"बिजय ,अब हामी relationship मा नबसौँ है ।"
"हँ ! के भनेको ? नजिस्क न " म अचम्म परे यस्तो बिषय कहाँबाट अायो । न हामीबिच मनमुटाव थियोे न त कुनै परिस्थिति ।
"हो , साच्चै अब हामी relationship मा नवसौँ ।"
"के भयो र?" झनक्क रिस उठ्यो ।
"केही भाको छैन ।"
रिसको अावेगले भित्रभित्रै ज्वार पैदा गर्दै थियोे 'झापड लगाए ।'
"जा खातेनी, सबै केटी हुन्छौं ।पहिले प्रेम पछि धोका ।"कुनै कारण विना relation break हुन त नपर्ने हो ।
उ त्यसपश्चात हिलेपानीमा छाडेको माछा सरि लापत्ता भई ।कतै बाट फोन ,म्यासेज गरिने ।कसैले उसको बारे कुरा उठाएनन् ।छापामार हराए जस्तै उ पनि कहाँ गई अत्तोपत्तो भएन ।उ कहिल्यै त्यो क्षेत्रमा देखिने ।
***
फुल फुलेर झरेपनि अर्को रितुमा पुन फुल्छ ।बादलले जतिसुकै अाकास ढाकेपनि वर्षापछि खुल्छ ।भन्छन् पृथ्वी गोलो छ त्यसैले होला उ दुईवर्ष पछि फेसबुकमा देखिन थाली ।
पानी जमेर हिउँ बनेपनि एकदिन पग्लनै पर्छ ।मन पनि त्यस्तै रहेछ कठोर पारेपनि पग्लने ।तर्केर कति बस्न सक्थे ? उ सँग पुन कुरा हुन थाल्यो ।उसले पढ्न गाउँ जानू परेकाले म सँग टाढा भएकि रे ।उस्लाई पढाईमा राम्रो गर्नु रहेछ रे ।उसले उपर्यूक्त रिजन दिएजस्तो लाग्यो । हाम्रो पुन भावनात्मक सम्बन्ध स्थापना भो ।
"बिजय ,यहाँ अा त ।" दिदीले मलाई बोलाई ।फेसबुकमा फोटोमा गरेका कमेन्ट देखाउदै सोधी ।
" त पुन उ सँगै relation मा छस् ।"
म चुपचाप रहे । बोल्ने कुनै हिम्मत जुरेन ।उस्ले बिगतका एकएक पल सम्झाई ।"त्यो धापासीको बिच रोड, उसले भनेका ती कठोर शव्दहरु, ती मानिसहरू जस्ले हामीलाई नियालिरहेका थिए ।"
मेरो मानस्पटल अकस्मात परिवर्तन भयो ।तिजमा चेलिहरु नाचेझै पालैपालो नाच्न थाले हरेक चित्रहरु ।म रुमतर्फ गए ।चुरोट सल्काउदै उस्लाई फोन लगाए ।
"सर्मिला, भेट्न अाउन सक्छौ ?"
"किन ,साझ अाउला नि ।"
"ल ल ... कहाँ ?"
"धापासी कृष्ण मन्दिर अघि।"
साझ बाटोमा मोटरहरु एकनासले चलिरहेका थिए ।सधैंको बाटो, सधैंकै सुर्यास्त भएपनि केही भिन्न लाग्दै थ्यो ।सर्मिला, त्यहि अस्वभाविक बाताबरणमा सामेल भई। म पनि त्यहि सामेल भएको थिए ।
"किन बोलाएको ? केही काम छ ?"
"सर्मिला ,अब हामी relation मा नबसौँ है?"
हँ....। ऊ माथी ठुलै बज्रपात भएझैं अनुहार खुम्च्याई अाँखाबाट अाशु झार्दै "are you serious "उसले मलिन स्वरले प्रश्न तेर्साइ ।
"yes" यति भन्दै म पछि हटे ।उ थचक्क बसी । भिडभाडमा त्यो दृश्य comfortable थिएन ।उसको रुवाई वारिपारिबाट सबैले नियाल्दै थिए ।मैले मेरो रिभेन्ज लिए। केही छुटेको ,केही गुमाएको अनुभुति पनि भयो तर उ कहि चुकी कि ? कि त मै चुके ? यहीँ प्रश्नले कहिलेकाही झस्काउँछ ।
समाप्त
लेखकद्दय बिनोद खनालको एक नया अायामसहित ।
लेखकको अनुमतिबिना कुनैपनि माध्यमबाट प्रकासन तथा प्रशारण गर्न पुर्ण रोक रहेको जानकारी गराउछौँ।
Sunday, March 22, 2020
स्वाभिमानी साच्चै छौ त ?
Nepal |
काठमाडौँँ,स्वभाविक स्वाभिमान भन्नु अाफु अाफैमा क्षमतामय हुनु तर अाज तमान सम्भावना र जनशक्ति हुदापनि हामी अविकसित हुनु लज्जास्पद कुरा हो ।अाज देसको अस्तित्व नै सङ्कटमा पर्दै गइरहेको छ ।स्वार्थका जरा यसरी फिजिएका छन् कि हिज सहयोगी र भातृत्वपुर्ण ब्यवहार अाज लोपको केन्द्रमै पुगेको छ । म ताक्छु मुडो बन्चरो ताक्छ घुँडो भन्ने उत्ती झैँ अाज हाम्रै देशका बाहिर शिंहरुप अनि भित्र कात्तर स्वरुप भिरेका जनमानस बाहिर देखिने अान्दोलन , टायर बाल्न सुरुमै निस्कन्छन् , दिनभर स्वाभिमान र राष्ट्रियताको कुरा गर्छन् र जब उदेश्य अन्य हुन्छ तिनै राष्ट्रघातिको भजन गाउछन् । कुटनितिको कु नअाउने लिर्डरको समर्थन गर्दै सुदिशा प्रदान गर्ने सेवकको खुट्टा तानातान गर्छन । अाफ्नो सुख र बिलासीपनको निम्ति बिदेश पलायन हुँदै देश बनेन भनेर टोक्ने कार्य गर्छन् । स्वाभिमान र ज्यानको अाहुती दिने अाश्वसन दिदै पैदा गर्छन अविश्वसनीय खम्बा तिनैले देखेर पनि अन्जान बनिदिन्छन जब एक असल इमानदार मर्ममा पर्छ। राष्ट्रले यो गरेन त्यो गरेन भनेर दिनरात फलाक्ने जनमानस त्यहीँ सेवाको चरम दुरुपयोग गर्छन् जब पूरा हुन्छ इच्छाशक्ति । हुन त गोर्खालीको सन्तान हौँ भन्दै हात्तीको सुढ भन्दा लम्याउछन् नभएको र अपाच्य नाक तर त्यहीँ पुरागर्ने अवसरबाट टाढा भाग्छन् नवीन यी गोर्खाली सन्तति । अब अरुका कुरा काट्न छाडिदेउ अनि अरुका खुट्टा तान्नपनि सुरुवात गर अाफ्ना नवोदित पाइला सुकार्य । फुल फुलुन्जेल राम्रो हो झरेपछि हराउछ सौन्दर्य पुन सौन्दर्यको निम्ति फुल्नैपर्छ त्यसैले पुर्खा फुल थिए फुले अब हाम्रो अस्तित्व जिवित राख्न फुल्नैपर्छ नवपालुवा अनि कोपिला बनेर ।राष्ट्र निर्माणका पाइलाहरु चाल्नु छ शिशुको पहिलो पाइला सरी लड्खडाउदै भएपनि दिनप्रतिदिन मजबुत ।
Binod khanalFriday, March 20, 2020
दसवर्से योजना विकासको नमुना
सरकारले विकासका एजेन्डालाई नपछ्याएको भन्न नि मिल्दैन र पछ्याएको छ भन्न नि मिल्दैन । जब अाखाँका दृष्टिहरुलाई फराकिलो बनाउँछु लाग्छ हाम्रो देश विकासको अवधारणाको परिभाषा मात्रै सिक्दै छ ।टेक्नोलोजीले विश्वभर दरिलो छाप पार्दा पनि हाम्रो देशमा अझै शिक्षाको प्रभावमा सम्पन्नता हासिल गरेजस्तो लाग्दैन ।देश परिवर्तन गर्ने अभिलाषासाथ सिंहदरबार छिर्नेहरु जब गेट भित्र छिर्छन् बिर्सिदिन्छन अाफ्ना योजना,वचन अनि अाफु भित्रको क्षमता ।
एक व्यवस्थापिका संसदको सदस्यको पारिश्रमिक न्यूनतम् तलव रु ५५,०००/- विशेष भत्ता प्रति महिना रु १,000/- बैठक भत्ता प्रतिदिन रु १,०००/- सञ्चार सुविधाको निम्ति प्रति महिना रु ३,०००/- अावाश सुविधा प्रति महिना रु १८,०००/- यातायात सुविधा प्रति महिना १,०००/- विजुली धारा सुविधा प्रति महिना रु २,०००/- दैनिक भ्रमण भत्ता रु २,५००/-(साभार) छ जवकी कर्णाली अनि हुम्ला बासिन्दाको बेलाबखत भोकमरी अनि सिटामोल अभावको खवर पत्रिकामा देख्न सकिन्छ। तब सम्झना अाउन्छ विदेशी पुर्व राष्टपति तथा कार्यकक्षी जो हाल काम गरेर जिविका चलाईरहेछन् । विकासका योजनाको छलफल गर्दागर्दै सकिन्छ कार्यकाल यदाकदा ज्यानै तब होस खुल्छ हरेक नेपालीको "मेरो भोटको सदुपयोग भएन ।" सरकारबाट नेपाली सत्ताका वेकामे नेता तथा कर्मचारी पाल्नुभन्दा हाम्रा दक्ष जवान पालेर विकास किन नगर्ने ?त्यो धनराशि नेपाली अनुसन्धान , विकास तथा निर्माणकार्य गर्न सक्ने दाजुभाइमाथी किन खर्च नगर्ने ?नेपालीको हाल बन्दिगृहमा करिव २५,०००/- जवान जो विकास गर्ने क्षमताका छन् तिनलाई कानुनमा उल्लेख भएअनुरुप कैद कट्टाको प्रयोगमा ल्याई देश विकासमा किन नलगाउने? के tax system बाट अाएको रकम विदेशीलाई खर्च गर्दै यी करोडौं जनताका विचारको दागबत्ती दिने हो?अब एक अन्तिम विकल्प छ जसले विदेशीसामु घुडा नटेकेरै हामी अागामी १० वर्षमा विश्वको अनुपम र पर्यटनको ५ रोजाइमध्य भित्रै पर्नेछ त्यसमा अवको दसबर्ष विकास वर्ष घोषणा गरि वैदेशिक पलायन रोकि हाल रहेकावाट अाएको ट्याक्स र विभिन्न विलासी सामानमा थप कर लगाई हरेक नेपालीको शिक्षा ,स्वास्थ्य राष्ट्रको छायामा राखि खानपिन, इन्धन इत्यादी अत्यावश्यक साधनमा कर न्यून गरि हरेक बिकासकार्यमा लाग्न सक्ने जनशत्तिलाइ प्रयोगमा ल्याई नेपालका ७७ जिल्लामा अनुपम जो विश्वको सोचबाट टाढा होस , जसले विश्व रेकर्डमा अग्रता हासिल गरोस साथै विकासको नाउमा भईरहेको बिनास कार्य अन्य होस सम्भाब्य रहे त्यो भन्दा धेरै । यसो गर्दा पर्यटनमा भारी परिवर्तन अाउनेछन् हरेक जिल्लामा यसको प्लसमा परिवर्तन देखिने छ ,हाम्रा अनुसन्धानले पनि स्थान पाउनेछ र हाम्रो धर्म संस्कृतिलाई त्यागेर विदेशी अनुकरण नगरौ। नेपालमा जडिबुटी अनुरुपका अोखति सिर्जना गरौ । हामीले अरुबाट लिन जुन सिर निहुरिने चाल छ यो अन्य गरि स्थानीय स्रोतसाधन प्रयोग तथा स्वदेशी सेवाको उपयोग गर्न जनचेतना फैलाई हरेक नेपालीमा स्वाधीनता र राष्ट्रनिर्माणमा जुट्न उत्साह भरौँ जसकै फलस्वरूप अवको १० वर्ष मै सेवाको बिक्रीबाटै नेपाल विश्वको अनुकरणीय हुने छ।
Saturday, March 14, 2020
"society Dislike a person by personality not loyalty" nep-c group
A child who is dominate by our society .we think our country /society being developed but we don't care about these child/people. We seek them as a dirty and unvalueable so that mostly we dislike their dresses,conversation style ,smell etc so we don't like to see them. But we wouldn't felt the same "if our childrends were in this same situation. what would you feel if you were in the same situation".
Subscribe to:
Posts (Atom)