Sunday, March 29, 2020

Letest Nepali Sad Love story by Binod Khanal |"कथाले मागेपछि " नेपाली प्रेम प्रसङ्गमा अाधारित उत्कृष्ट कथा

                  कथाले मागेपछि
                   एक प्रेम प्रसङ्ग
               "रिभेन्ज कथासङ्ग्रह"

         बिछोड , सुन्दैमा पात झरेर उजाड रुख जस्तो । विरुवा मरेर खन्जर भूमिजस्तो । जिन्दगीमै कसैले नचाहने यो चिज घटित भईरहदा पनि खैँ अाँखामा अाँसु निम्तिएको छैन । म अचम्मित छु ।उ खुसी ।म खुसी हुनुमा न त उसमा अनौठोपन छ । न त नसोचेको पूरा भएको छ । उ खुसी हुनुमा न त नयाँ राम्रो भेटेकी छे न त अमिल्दोलाई नै छाडेर ।

        चुम्बक र फलाम जस्तो घनिष्टता । हिमाली हिऊ पग्लेर अाएको अमृतरुपी पवित्रता । सागरको जस्तो गहिराई ।हाम्रो सम्बन्ध केहिमा चुक्न नसकेको ।त्याग देखि ग्रहण सर्वश्व गर्न सक्ने ।न त नयाँ नै हो ।सबैको केन्द्र बन्न सफल हो यो प्रेम ।

        यो प्रेमकै निम्ति हजारौँ काँडाहरुको दुखाई पनि सहेको छु ।महले सुख बराबरका खुसीपनि पाएको छु ।नराम्री भनौ भने हजारौं लाइनमा छन् भाग्यवंश चयनित भएको छु म । प्रेम नगर्ने भनौँ भने दुवैले अाफुले अाफैलाई भन्दा बढी प्रेम गर्छौ । घरपरिवारको कारण हो भनौ भने सम्बन्धको पहिलो खुड्किला उक्किनु अगावै सुईकार्नु भएको थियो । अाज ब्रेक अफको कुरा भइरहेको छ जस्को मुल कारणनै मलाई थाहा छैन ।
                         ***
        रियार्ड खाजा घरको भित्री कोठामा उ र म उपस्थित छौँ । बिचमा छन् बियरका बोतल, कप अनि चिप्स त्यसकै छेउमा राखेकी छ कालो चस्मा जुन टेवलमा दुवैका अाँखा केन्द्रित हुन सकिरहेका छैनन् ।ब्रेकअफ रे ! किन ? मलाई खुल्दुलीका तरङ्गहरुले उत्साहित हुदै घचेटिरहेछन् । हितोत्साही मनोभावले सोध्न भ्याउछु,

       "सुरिना, किन यस्तो कुरा निम्याउछौँ ? यसको अावसश्यक्ता नै किन पर्यो । सव ठिकठाक छ त !"

       "हेमन्त, हेर" उ बोल्न थाल्छे । म उस्को कुरामा केन्द्रित हुन्छु ।
        "कहिलेकाही जिन्दगीलाई चुनौतीमा पनि लैजान सक्नु पर्छ । हाम्रो यो साधारण शैलिमय प्रेम चलेको झन्डै ६ वर्ष बितिसक्दा पनि कम्प्लिकेटेड अवस्था निम्तिएन न त प्रेम निर्जन सावित हुन सकेको छ । न त अारोह अवरोह निम्तिने सङ्केत नै पाउन सकिन्छ । हाम्रा प्रेममय सपना जस्तै मेराेपनि सपना छ । म लेखक बन्न चाहान्छु । समाजमा उत्कृष्ट लेखकको पहिचान बनाउन चाहान्छु । सवैका दिलमा मैले लेखेका तरङ्ग पुर्‍याउन चाहान्छु । प्रेमकथा लेखेर युवावर्गमाझ अाफ्नो छवि निर्माण गर्न चाहान्छु जुन अाफ्नै प्रेम प्रसङ्गमा अाधारित होस ।

      "बिछोड नभएरै लेख न ! किन विच्छेद हुनुपर्यो ?" उस्को बोली काट्दै प्रश्न गर्छु ।

      "लेखन यात्रा सत्यतापूर्ण हुनुपर्ने मान्यता राख्ने म झुठ लेखेर नाम कमाउन चाहान्न । त्यसैले हेमन्त अब दुवै प्रेमबाट अज्ञातवास होँ ।"

     "लेखिका प्रेमी बनाउदाको चोटमय स्वादसहित अनपेक्षित परिस्थितिसँग पैठेजोरी खेल्दै नादान प्रश्न गर्छु ," अब कहिले मिलन हुन्छ त सुरिना?"

      उस्ले थोरै अोठ तन्काउदै ,शिर हल्का अघि बढाएर स्वासले प्रतिउत्तर दिन्छे "कथाले मागेपछि ।"

                       लेखकद्दय बिनोद खनालद्वारा सिर्जित ।
                        सुइकृत बिना प्रशारणमा पुर्ण रोक ।

No comments: