Nepali love poem | प्रेम कविता बिनोद खनालको मर्म स्पर्शि शव्दमा
म प्रेमको कुन यात्रा गर्दैछु
चुडिएको चङ्गामा अल्झिएर
किन बतासिदै छ यो मन ?
फ्याकिएको अश्रु ग्याससरि
किन फैलिदै छ यो मन ?
के यसको कुनै अाकार छैन ?
सिमाना छैन ?
नि:स्पृह यो मुद्रामा पनि
प्रलोवनमा परेर
ज्यादती गरेर
किन दिदैछ बैनामा डेरा ?
निरपेक्ष तृणसरि
किन फैलिदैछ अनुराग ?
अाफै अतृप्त यो अस्तित्वमा पनि
म प्रेमको कुन यात्रा गर्दैछु ।।
नास्तिशीतोष्म यो मन पनि
चित्तचोरकै अासपास
शिल्पगत लहसिन पुग्दछ
प्रणयको चिताभूमिमा
नवोदित चीत्कार निकाल्दछ
यो सेतुपुर्ण स्थलमा पनि
खुल्ला पर्खाल वारपार भएर
चक्षुले विश्वयुद्ध गर्दछ
अाखिर के भैरहेछ ?
लाग्छ ,म तिमीलाई प्रेम गर्छु
तर तिमी गर्दिनौ
लाग्छ ,कतै तिमी प्रेम गर्छेऊ
तर म गर्दैन
यो भुलभुलैयाको सागरमा डुबुल्की मार्दै
भावनाहरु लगन कस्दैछन्
भमराहरु भ्रामक मृगतृष्णाले गर्दा
सुसे पातमा बस्दैछन्
स्व कन्फ्यूजनमा पनि
म प्रेमको कुन यात्रा गर्दैछु ।।
अास्राका स-साना बिज छर्दै
छिद्रयुक्त सिस भर्दै
म हेर्छु तिमी मोड्छौ
म मोड्छु तिमी हेर्छौ
मानौँ, हामी मोडै मोडमा छौँ
मोडमय जात्रा मनाउदै छौँ
यो नाटकिय जीवनले
जे पाउँदैन,
त्यस्कै लोभ गर्दोरहेछ
जे असम्भाव्य,
त्यसलाई अाफ्नो ठान्दोरहेछ
कति कन्जुस छ है मन ?
न भन्न खोज्ने
न छोड्न सक्ने
अावाजै नसुनी खैँ किन?
मनोअावाज बुझ्न खोज्ने
ए वैध्यहरु
होमियोप्याथी गरिदेउ मनलाई
मारिदेउ प्रणयका किटाणुहरु
ए जर्नलिस्ट
लामो सम्पर्क विहिन सम्बन्ध
बताइदेउ किन लाग्छे अयोग्या
अाखिर दोभानमा अडेर
म प्रेमको कुन यात्रा गर्दैछु ।।
No comments:
Post a Comment