1. म प्रेमको कुन यात्रा गर्दैछु
चुडिएको चङ्गामा अल्झिएर
किन बतासिदै छ यो मन ?
फ्याकिएको अश्रु ग्याससरि
किन फैलिदै छ यो मन ?
के यसको कुनै आकार छैन ?
सिमाना छैन ?
नि:स्पृह यो मुद्रामा पनि
प्रलोवनमा परेर
ज्यादती गरेर
किन दिदैछ बैनामा डेरा ?
निरपेक्ष तृणसरि
किन फैलिदैछ अनुराग ?
आफै अतृप्त यो अस्तित्वमा पनि
म प्रेमको कुन यात्रा गर्दैछु ।।
नास्तिशीतोष्म यो मन पनि
चित्तचोरकै आसपास
शिल्पगत लहसिन पुग्दछ
प्रणयको चिताभूमिमा
नवोदित चीत्कार निकाल्दछ
यो सेतुपुर्ण स्थलमा पनि
खुल्ला पर्खाल वारपार भएर
चक्षुले विश्वयुद्ध गर्दछ
आखिर के भैरहेछ ?
लाग्छ ,म तिमीलाई प्रेम गर्छु
तर तिमी गर्दिनौ
लाग्छ ,कतै तिमी प्रेम गर्छेऊ
तर म गर्दैन
यो भुलभुलैयाको सागरमा डुबुल्की मार्दै
भावनाहरु लगन कस्दैछन्
भमराहरु भ्रामक मृगतृष्णाले गर्दा
सुसे पातमा बस्दैछन्
स्व कन्फ्यूजनमा पनि
म प्रेमको कुन यात्रा गर्दैछु ।।
आस्राका स-साना बिज छर्दै
छिद्रयुक्त सिस भर्दै
म हेर्छु तिमी मोड्छौ
म मोड्छु तिमी हेर्छौ
मानौँ, हामी मोडै मोडमा छौँ
मोडमय जात्रा मनाउदै छौँ
यो नाटकिय जीवनले
जे पाउँदैन,
त्यस्कै लोभ गर्दोरहेछ
जे असम्भाव्य,
त्यसलाई आफ्नो ठान्दोरहेछ
कति कन्जुस छ है मन ?
न भन्न खोज्ने
न छोड्न सक्ने
आवाजै नसुनी खैँ किन?
मनोआवाज बुझ्न खोज्ने
ए वैध्यहरु
होमियोप्याथी गरिदेउ मनलाई
मारिदेउ प्रणयका किटाणुहरु
ए जर्नलिस्ट
लामो सम्पर्क विहिन सम्बन्ध
बताइदेउ किन लाग्छे अयोग्या
आखिर दोभानमा अडेर
म प्रेमको कुन यात्रा गर्दैछु ।।
" कवि विनोद खनालद्वारा रचित"
2. कारवाही गरियोस
सरकार-कारवाही गरियोस
यदि मानवताको हिसावले
स्वतन्त्र बाच्न पाउने भए
उन्लाई ठुलै कारवाही गरियोस ।।
गुलाफको पत्रपत्रमा
बुर्कुसी मार्दै उफ्रिरहने मन
अाज त्यही पुरानो
सुगन्धमा रमाउन छाडिसक्यो
बादलमा तुइनमा झैं झुन्डिएर
लुकामारी खेल्ने सपना
उनले रावणले
सिता हरेझै हरेर गइन्
माया प्रेम नपुग्नेलाई
यसकै ठुलो रोगी बनाएर
राजनिती गरिन बेजोडले र
म भित्रको मैलाई मारिन्
जिवित गरिन नयाँ उर्जासहित ।।
मलाई मिठामिठा बातहरु र
प्रेममय यात्रा
न्यायाधीश ज्यू, मनै पर्दैन
मलाई त मेरै पुरानो जीवनशैली
प्राणभन्दा प्यारो छ
जहाँ,
अाफु नै अाफ्नो
अाफ्नो नै अाफु
न रोक्ने थियो
न टोक्ने थियो
पुरै स्वतन्त्र हावा झैँ ।।
न्यायाधीश ज्यू, मलाई मेरो
पुरानो
निद फिर्ता दिनुहोस्
चैन फिर्ता दिनुहोस्
मन फिर्ता दिनुहोस्
पुरै जीवननै फिर्ता दिनुहोस्
यदि कानुन अन्धो छैन भने
बरू लगाउनुहोस्
धारा
उपधारा
मलाई इन्साफ उन्लाई
कडाभन्दा कडा कारवाही गरियोस् ।।
3. श्रीमान
म तिम्रै श्री
म तिम्रै मान
श्री र मानको मेल भएझैँ
लगनगाँठो केसर
गासिएको थियो सम्बन्ध
गरिएका थिए वाचा
समाहित गरेका थियौँ जिन्दगी
अर्धाङ्गिनी , म भन्नै सक्दिन
निर्विकार बन्धनमा छु ।।
स्वर्ण सपना सर्वस्व त्यागी
नवशिशुझै गृहस्थी बनेर
नविन जीवन सुरुवात गर्न
सिन्दुर, चुरा र पोतेको आडमा
सहयात्रामा समाहित भएकि थियौ,
सम्पुर्ण स्निग्ध वैभव
निसङ्कोच समर्पण गरेकी थियौ ।।
ए कान्तसेवी
तिम्रो पदचापमा पदचाप
क्रमवदॄ मिलाउन सकूँ,
मृतुता मन टुक्रिँदा
भूतस्वरूपमा सिलाउन सकूँ,
प्रत्येक दिन तिमीमा
नवसुहागिनी अनुभव गर्न सकूँ,
निरपेक्षी मनोभावले
आजिवन त्राता बन्न सकूँ
सयौँ जन्म अर्धाङ्गिनी भन्न सकूँ ।
अर्धाङ्गिनी, जीवनको कुनै मोडमा
भय अङ्गाली
उग्र असहनशील यात्रामा
समाजविरूदॄ निस्कन नपरोस,
निराधार बन्न नपरोस,
तिम्लाई त हरक्षण
सिन्दुर पोते ती चिनारीहरूमा
समाधिभित्र खोज्दापनि
छविसरह देख्न पाऊ ,
मनोआवाजसरह सुन्न पाऊ,
तिमीलाई हरपल
बाग्दतां श्रीङ्गारमा भेट्न पाऊ
कथ्कदाचित दैवको कु–दृष्टिले
अनपेक्षित तिमीबाट टाढा भए
मेरो उपहारस्वरूप
पहिरिनु आजिवन ती चिनारीहरू ।।
4. भो नलेख प्रियसी
स्वार्थी यो संसारका बासिन्दालाई
तिमी र म
सायद मन पर्दैनौ
त्यसैले, हाम्रो सम्बन्धको
अतृप्त इतिहास
भो नलेख प्रियसी ।
जे हुनु विगतमै भयो
त्यो भेडिगोठको भेट
त्यो लज्जापूर्ण बातचितलाई
धेरै उजागर नगर
शिलेट ढुङ्गामा लेखेर प्रकटेको
हृदयी प्रेम प्रस्ताव
गलबन्दिले छोपेर दिएको
जीवनकै पहिलो बिशाल तोफा
जो सानै भएपनि
महिमा सर्वश्रेष्ठ थियो ।
लुकीछिपी रातका अनगिन्ती डेटहरु
एकअर्काका गहिरा बाचाहरु
भविष्यका सन्ततिका नामहरु
भयो पर्दाफास नगर
सुमन, राजु र राधिकाले देखेको
जीजनकै पहिलो चुम्बन
लुकेर नोराबी चरनमा गरेको
सानो अपर्-दर्शित बिहे
जसले जीवनको उमङ्ग दर्शायो ।
हाम्रो फुलखेल्दो जवानीको फुल
फक्रन नपाउदै अैलाउन बाध्य भयो
यो संसारले
एक हुन दिएन
जात, भात गरिबी यावत्
अनेकन् कमजोरी खोज्यो
त्यसकै अाडमा
हामीलाई दुईतिर बनायो
दुई दिलको घनिष्ट समागमलाई
जवर्जस्ति टुक्राटुक्रा बनायो
तनमन साटासाट गरेको प्रेमलाई
हाँस्यास्पद कुरा बनायो
तिमी अझ यो समाजको
यो संसारको अघि
हाम्रो अावरित प्रेमको स्मृति
पंक्तिबद्ध अनावरित गर्न चाहान्छौ?
हाम्रा बिछोडका अर्तनाद
एक-एक सुनाउन चाहान्छौ ?
यो समाजले भोलि फेरि
हामीलाई गिज्याउने छ
बाटोमा हिड्दा कठ्ठै भन्दै
उल्टै कुरा काट्ने छ
त्यसैले, हाम्रो प्रेमको अतृप्त इतिहास
भो नलेख प्रियसी ।।
#रचनाकार _बिनोद_खनाल
5. छोरी
हात हल्याएर बिदाई गर्न
खादा अोढाएर बिदाई गर्न
दुईथोपा अाशु झरेपनि
केही सजिलो थियोे छोरी
तर डोली चढाएर
रितै पुर्याएपनि गाह्राे रहेछ छोरी ।
छोरी, जब त सानी थिइस्
कहिकतैबाट फर्कदा गर्लम्म अंगालो हाल्थिस्
डाक्टर बनी कुमारी बस्ने
रंगिचंगी सपनाहरु पाल्थिस्
तेरो प्यारो चकलेट
जब मेरो खल्तीमा हुन्थेन
त ! ठुसुक्क ठुस्केर बस्थिस् ।
छोरी, तलाई सम्झना छ होला
मेरो कुममा जब कोही सजिन्थे
तैले अधिकारपुर्वक खाली गर्थिस
तेरो प्यारो मान्छेको नाम सोध्दा
स्वत् मेरो नाम लिन्थिस्
तलाई त्यो पनि थाहै छ होला
तेरो बढ्दो उमेर रमाइला ती कुरा
हामी तेरो नाममा कसैको नाम जोड्थ्यौँ
त्यो दिन रिसमा त विवश्ताले
अघाउन्थ्यो कसौंडी भोका हुन्थ्यौँ हामी
तात्पर्य: त बिना भाग लाग्दैनथ्यो ।
जब तेरी अामाले संसार त्यागी
म तेरै लागि हो कुमार बसेको
छोरी, अवेर सम्म
घरको अार्थिक स्थिति
बुढप्पनको मेरो शरिर अनि
तेरो भित्रदो भविष्य प्रतिको जिम्मेवारी
बहनबारे सोचेर रोएको ।
त ! छोरी त !
उमेरको फक्रिदो चालसँगै
पढाइमा कम पराइसँग ज्यादा
पुर्वसपना बिर्सेर पुन फ्रकिन थालिस्
नवीन इच्छा चाहना पालिस्
खैर केही छैन,
रित येस्तै छ तर,
जित यस्तो छैन छोरी ।
छोरी, संसार मसी हो
त इरेजर बन्न नखोज
त पेन बन अनि तान सारा
छोरी, चाहना समिश्रण हो
त पनि मिसिन नखोज
त छान अनि प्रयुक्त प्रयोग गर
यिनै थिएनन् त उपदेश ?
छोरी, ती तेरै भलाइका लागि थिए
अाज जाँदै छेस्
सदाका लागि पराई बनेर
छोरी भावनात्मकतामा छोरा नै हुन्
समाजले, संविधानले मानोस् नमानोस्
तर हरेक बाबुअामाले मान्छन्
विदाइ गरि अनमाउने इच्छा हुदैन
तर रितको अघि झुक्नै पर्ने बाध्यता
छोरी, अन्तिम शव्द विदाइमा
भोलि भेट्छेस् भेट्दिनेस्
नव संसारमा झुमेर सम्झन्छेस सम्झन्नेस
कृपा गरेरै भएपनि
बालप्पनकै नक्कल गरेर भनिदेन 'बुबा'
अनि नक्कल गरेरै देन एक प्यारो 'झप्पी' ।।
poem
6. कागजी संसारमा
हेरेर पनि नदेखिएको संसारमा
मृगतृष्णाको खेल खेल्दै
स्वतन्त्र विचारहरुको पर्खाल भित्र
महोदय, कैद गरेको छु आफैलाई
सुनाउछु शव्दको भरमा
बुझाउँछु चित्रको भरमा
प्याला नशा यहीँ हो सरकार
उतार्छु म भित्रको मैलाई ।
खुसी माग्दैन ईश्वर
सिच्छु देऊ कल्पवृक्ष कृतको
दु:ख साच्दिन कृपागण
उतार्छु देऊ कागजी खास्टो
हेर म महामहिम हैन
तिम्रो सोचको बिज जस्तोपनि छैन
म स्व शान्तिका लागि गर्छु
नाम दाम कमाउने लहरमा रैँन
रोपेको छु दुइचार बिज
मल ,माटो र पानी दिएकै छु
भुलभुलैयाको अाशमा रुक्ने छैन ।
शव्द मेरालागि सम्पत्ति हो
जोड्छु, धित मारेर जोड्छु
खोज्छु कागज मेरो तिर्थ हो
पुज्छु हृदयेश पुष्पले
रोज्छु कलम मेरो शक्ति हो
छोप्छु पालुवा यी हातले
कुनैदिन मेरो अस्तित्व रहेमा
हेर्ने छौ
फेर्ने छौ लामो श्वास र,
पढ्ने छौ मधुर वाणीमा
पालुवारुपी हातले
शक्तीरुपी कलम छोपेर
शव्दको सम्पत्ति लिएर
कागजी तिर्थमा अर्पण गर्दाको सफलता ।
फुकाइदिन्छु दाम्लोमा बाधिएका बिचारहरु
छाडिदिन्छु पिंजडामा कैद रहरहरु
मेटीदिन्छु म भित्रका राप सन्तापहरु
अनि नयन चिम्लेर बस्छु
अनि सोच्छु,
खोज्छु अन्तर हृदयको संसार
चहार्छु यत्रतत्र अनि,
झिक्छु तेजश्वी साहित्यको घुम्टो
ओढ्छु खोल्छु नयन र कोर्छु
तिर्थप्राप्ती अनमोल प्रसाद
त्यसैले कदापि हिजो सोचेन
अाज सोच्दिन
फुकेर स्वतन्त्र गरिदिएका फुलौराहरु
कसैले फुटाउन सक्छ
हत्केलाको नजरबन्दमा राखेका खुसिहरु
पानीसरि बगेर जानसक्छ
सत्यता सोचेन कागजी संसारमा ।।
༄ᴵBᵢₙₒđ᭄ᵃᵐ࿐ꔪ
7. आकासगामिनी, निसङ्कोच आऊ
अमृत पाउ धुदैमा पानी हुदैन
सुन अछुतले छुदैमा अछुतो हुदैन
प्रमदा, तिमी तटस्थ छौ
दयित कहिल्यै पराई हुदैन
आऊ आचल फिजाएर
ग्रहण गर सिक्त प्रेमपोला
लोभ्याउने मञ्जरिमय द्वारहुँदै
स्वागतादर छ मेरो राज्यमा
आकासगामिनी, निसङ्कोच आऊ ।।
सुहाग हुदैमा कोही अमोल हुदैन
बिधुई हुदैमा कोही क्षमताविहिन हुदैन
व्यक्तिको हुमात
उसको कार्यमा निहित रहन्छ
आऊ, स्यामश्वेत अगावै
बध गरौ यी देशद्रोहि किटहरु
रचौ नयाँ संसार
उजागर गरौं साम्यवाद
फगत नराख जीवन धितोमा
प्रमदा, स्व आत्म मारेर बाच्नु भन्दा
मरेर मिट्टीमा मिल्नु बेश
आऊ, राष्ट्रका लागि मिलेर लडौं लडाइँ
कोरिऊ इतिहासका पानाहरुमा
वैभव हिन भएपनि
देहि त सर्वदा अमर रहन्छ
आकासगामिनी, निसङ्कोच आऊ ।।
8. झरिसके र म ?
डेस्टिनेशनको त्यो पहाडलाई पछ्याउँदै
अलप हुनै लागेका
मेरा प्रलयमय इच्छाहरुका पर्तिमूर्तीमा
जलप लगाउँदै
थोते हासो स्ट्रेमा झारेरै
जम्बो जीवनको सौम्य नाउ
अहोरात्र खियाउने नाविक
झरिसके र म ?
अवयवहरु मेरा सोचहरु भन्दा
कयौं गुणा वृद्धा भएपनि
अवसरहरु मेरो ल्याकत भन्दा
सक्दो सिमान्तकृत भएपनि
यो काँडाको मागूलाई
कोमल फुलकै प्रतिमा बनाएर
व्यग्र जाज्वल्यमान मेरा कक्कड
गजेन्द्र गणको ढाडमा
तरवाररुपी घोर शस्त्र बोकेर
खै किन ? वाशन छर्दैछन्
पिठ्युमा ध्वजा बोकेर त्यो
सगर शिरमा फरफराउन खोज्दैछन्
रणमा थाकेको तनलाई
रक्तको भेलले स्नान गर्न खोज्दैछन् ।।
स्क्याविजको लक्षण भरिएको सिम्फोनी
ट्रमबेल्ड युक्त सिम्फोनी
किन ? श्रवणयन्त्र सम्म आईपुग्छन्
आफ्नो तुजुक देखाउन्छन र
फर्किन्छन् आफ्नै बस्ति
के म श्रोता हुँ ?
के मैले जोक्करको अभिनय सुन्दैछु ?
किन ? मेरा आत्मविश्वासका स्ट्रिट लाइट भयपुर्ण छन्
किन खोज्दैनन् न्याय ?
अन्तस्थल देखि सुरु भएका
निर्वीकार चेतनाहरु
के यत्तिमै अन्त्य हुन्छन् ?
के यसको म्याद सकिन्छ ?
अहँ , पक्कै हुदैनन्
पक्कै सकिदैनन्
लिन्छन् एकाएक बदला
समुलै डिस्ट्रोएड गर्नेछन् विपक्षी
भन्नेछन् तुल्य सामर्थ धारी
त्यसैले देखाउन चाहान्छु वृद्धको फ्रस्टेसन ।।
ज्योत्सनामा भावभङ्गीमा रुझाएर
स्व आत्म कुजाएर
किन मलाई कायल बनाउछौँ ?
के म नेपथ्य चुम्न सक्दिन ?
म के यति कमजोर छु ?
भन्छौँ, आइरहेको यात्रा मोड
दुनियाँ हाँस्ने हँसाउने जात्रा छोड
यो तिमी के भन्छौ ?
फुल्नै लागेको फुल
पाक्नै लागेको फल
झरिसके र म ?
9. म आमा बन्न नसकेकी आमा
म आमा बन्न नसकेकी आमा
म मातृत्व दिन नसकेकी आमा
हो, म अर्थरहित आमा
जब मेरो मुटु
मुटु छेड्ने गरि रोईरहन्छ
जब मेरो मुटु
जाडोले थुर थुर कापिरहन्छ
जब मेरो मुटु
भोकले अौधी चलमलाउँन्छ
म यो दुनियाँको पहँच
म यो दुनियाँको अस्तित्व भन्दा
दुर दराजबाटै नियालिरहन्छु
नयनहरु रसाउँछु
अंगालोमा च्याप्न खोज्छु
अमृतधारी रस चुसाउँन खोज्छु
म पलपल गिर्छु
आफ्नै नजरमा निकै तल खस्छु
म र मुटु बिच
यत्ति फरक गर्छ समाजले
मुटुलाई कठै भन्छ
मलाई पापीको संज्ञा दिन्छ
तरपनि म भन्छु,
म आमा बन्न नसकेकी आमा ।।
जब म अस्तित्वमा थिए
त्यो अन्तिम क्षण
त्यो अन्तिम घडीमा
म पल्टिरहेकी थिए
उ बसिरहेको थियो
केही उठिरहेका थिए
सबको एक हिमाल म थिए
अर्को हातमा मुटु
मुटु र मेरो
मेरो र मुटुको
उदय प्रलयको सानो खेल थियोे
एकको बिछोड एकको मेल थियोे
म अस्ताउन चाहन्थे
उ अस्ताएको हेर्न असक्षम थियो
मुटु उदाउन चाहन्थ्यो
केही उदाउन नदिने तर्खरमा थिए
कहिले म चिच्याउन्थे
उ हात समाएर रुन्थ्यो
कहिले म हात समाएर रुन्थे
उ भित्रभित्रै चिच्याउन्थ्यो
उस्को त्यो पहिलो रुवाई
मेरो त्यो पहिलो मुटु
म स्पष्ट थिए
उ दोषाधमा अडेको थियोे
रोदन, चीत्कार र प्रश्नमाझ
उदाएको मेरो मुटु
मुर्झाएको मेरो अस्तित्व
अझैपनि म भन्छु
म आमा बन्न नसकेकी आमा ।।
जब म सवार सेतो गाडी
तु तु बैरागी संगितको तालमा
क्रमशः अघि बढ्थ्यो
तब म सवार उस्को मुटु
घ्वा घ्वा पानीमा बदलिन्थ्यो
म देख्थे उस्का ती जिम्मेवारी
म सोच्थे उस्का ती सपना
म सुत्नु सिवाय उपाय थिएन
उ रुनु सिवाय क्षमता थिएन
आज म ज्ञात छु
मुटु अन्जान छ
भोलि मुटु ज्ञात हुँनेछ
सायद म मौन हुनेछु
सायद म बेदमा भनिएको
कठोरतम् नदि पार गर्ने छु
जवसम्म म बुझ्छु
जवसम्म म आभास गर्छु
तवसम्म यो दुर दराजबाटै
मुटुको भविष्य
मुटुको खुसिको लागि
उस्लाई अपार शक्ति दिन
म मेरा ईश्वर भनिएका
म मेरा रक्षक भनिएका
सदैव सबैसँग भिख माग्नेछु
उस्लाई मेरो मुटुले
सन्तान सुख दिन तपस्या गर्नेछु
तर म त ! अझै भन्छु
म आमा बन्न नसकेकी आमा ।।
10. तिमी कसरी लिन्छौं ?
रोक्दा रोक्दै नरोकिएका पाइला
हेर्दा हेर्दै नथाकेका आँखा
भुल्दा भुल्दै नभुलिएका याद
तिमी कसरी लिन्छौं ?
समयको डोरीले लतार्दा लतार्दै
परिस्थितिले बाध्दा बाध्दै
म नदेख्ने संसारबाट भएपनि
मान्छेले मान्छे नठान्ने गृहबाटै भएपनि
तिमी अन्जान हुँदापनि
तिमी दुरदराज हुँदापनि
सम्झनामा अल्झिएरै भएपनि
स्वेतपानामा कोरिएरै भएपनि
निरन्तर सम्झनामा राखेको थिए
तिमी कसरी लिन्छौं ?
म मेरा हात बाधिदा
म मेरो बोली रोकिदा
म मेरो स्वतन्त्रता छेकिदा
तिमीलाई खुलस्त उडाएको थिए
तिमी चङ्गा थियौ
म डोरी थिए
तिमीलाई मेरो आवश्यकता थिएन
तिमी उचाइ छुन चाहान्थ्यौँ
म बन्धित थिए
तिमी कसरी लिन्छौं ?
काँडैकाँडाको काँडेतारले चसक्क घोच्दा
कटक्क मुटु दुख्थ्यो
आकारहिन धारिला वचन फ्याक्दा
धुरुक्क आँसु चुन्थ्यो
सानो भ्यान्टिलेसनबाट दुनिया हेर्दा
घुटुक्क थुक निल्थे
सारा दैव मौन थियो
देख्ने सोकमा थिए
नदेख्ने सम्भवतः खुसिमा थिए
तिमी कसरी लिन्छौं ?
म मेरै आत्म रुदा
मेरै हातले पुछ्न असक्षम थिए
म मेरै अवस्था विकराल देख्दा
पन्छाउन असक्षम थिए
म मेरै भविष्य अन्धकार देख्दा
बाटो मोड्न असक्षम थिए
असक्षम यात्री असम्भाव्य यात्राको
आकारहिन यात्रामा थिए
गन्तव्य तिमी सम्म थियो
यात्रा सम्भवत तिमी सम्म पुगेन
माया यो तिमीलाई थियो
भावना सम्भवत बुझाउन सकेन
के म असक्षम नै हुनेछु ?
तिमी कसरी लिन्छौं ?
11. असाधारण प्रेम
समाजले नदेखेको प्रेम
समाजले नचाहेको प्रेम
समाजले नबुझेको प्रेम
तिमी र म कुन प्रेम गर्दैछौं ?
जहाँ भावना एक हुँदापनि
बिचार एक हुँदापनि
डरैडरको पथमा हिड्नु पर्छ
अन्जान भाव दर्शाउनु पर्छ
तिमीलाई चोट लागे
टाढैबाट बेस्सरी मुटु कस्नु पर्छ
तिम्रो खुसीमा खुसी साट्न
सञ्चार कै सहारा लिनुपर्छ
के जातकै कारण माया मार्नु ?
के धर्मकै कारण टाढिनु ?
के समाजकै डरमा पलपल मर्नु ?
म तिमीमा जात हैन
जान्न नसक्ने असिमित प्रेम देख्छु
म तिमीमा ईसाई, बोद्धिस्ट हैन
आँखामा प्रेमिल भावना देख्छु
म तिमीलाई साधारण मान्छे हैन
विशेषपन आभाष गर्छु
के तिमी समान बिचार राख्छौ ?
म तिम्रो हात समाएर
समाजको अन्धविश्वास कुल्चन चाहान्छु
के तिमी कुल्चन सक्छौ ?
म तिमीलाई साथ लिएर
संघर्षका खुड्किला चढ्ने हिम्मत गर्छु
साथ त ! दिन्छौ नि ?
समाजले असाधारण सोचेको यो प्रेम
तिम्रै चर्चमा साधारण बनाउने छु
तिम्रै गुम्बामा तिमीलाई अपनाउने छु
के तिमी मलाई अपनाउन तयार छौ ?
12. नभनौ भने
शव्दबाकसले भरिएको मेरो मन
पर्खाइका सिक्काहरुले भरिएको मेरो खुत्रुके
अब ! टम्म भरिएको ग्लासबाट
सिन्धुको छाल जसरी पोखिने लहरमा छ
यो ! आफ्नैले आफ्नैलाई लडाउने
चिप्लेटी पुर्ण सहरमा छ
खै ! कसरी रोकु यी शव्दबाकसलाई
खै ! कसरी थेग्नु यो खुत्रुकेलाई
आज, डरै डरमा अडेका यी सपनाहरू
तिम्रो मनलाई कैद गर्ने मनसायमा छन्
नेल लगाई जीवन्त नछाड्ने
प्रणमा व्यग्रिएका छन्
कतै अन्जानमा कैद गर्दा
तिम्रो मन उड्न खोज्ने पो हो कि ?
नभनौ भने तिम्रा कुण्ठा
थेग्नै नसक्ने पो हुँ कि ?
सपनाको महलको सिरानी लगाएर
8 , 10 दिन भो रम्न थालेको
अन्तर खुसिको पोको फुकाएर
8 , 10 दिन भो देखाउन थालेको
खै शुभ भनौं वा अशुभ
खै भाग्य भनौं वा दुर्भाग्य
आजभोलि बर्षौ अगाडि हराएको
हिरा भेटिएको छ
मोती भेटिएको
हो अनमोल कोहिनुर भेटिएको छ
कतै त्यो कोहिनुरमा
कसैको नाम पो खोपिएको छ कि ?
मृगतृष्णाको खेलमा कतै
मलाई अल्झाउन पो देखिएको हो कि ?
नभनौ भने,
म अन्जानमा
उ रमाइलोमा
अप्सट्याकलमा हराउने पो हौँ कि ?
महत्त्वपूर्ण समयको दाग दिएर
पुन म या उ
उ या म
डिप्रेसनको सिकार हुने पो हौ कि ?
सत्यको सरण परेर
अर्धप्रेमको घुना फ्याकेर
आज म हे मित्र,
जिन्दगीको जुवा खेल्दैछु
पाएको कुरालाई
कि जीवन्त पाउने
कि खरानी लाउने
भित्रभित्रै तर्खरमा तम्सेको छु
हो उस्को दिलमा मेरो नाम
कोर्ने वा जीवन्त मेट्ने यात्रामा छु
उस्को हात थाम्ने वा थमाउने
प्रश्नको छेलो फ्याक्दै छु
हो भाग्यको परिक्षा गर्न
प्रेम प्रसङ्ग सोध्ने लहरमा छु
हावाको झोका झैं म पनि
नपाए आफ्नै गन्तव्य
पाए यो प्रणय दिवसको प्रमिस डे मा
प्रमिस गर्ने कसम जीवन्त नछाड्ने
प्रण गर्ने मनशायमा छु ।।
#wordsofbinod
#अल्छी_कवि_बिनोद