Wednesday, July 13, 2022

Poem by Binod khanal

 13. सरल अन्त्य


तिमी नबोल तर तिम्रो फोटो बोल्छ
तिमी नसम्झ तर तिम्रो यादले सम्झन्छ
जब तिमीले कोमल मुटुलाई,
बडेमानको पत्थरले पानीमा हिर्काए सरी
निसन्देह निर्मोह प्रहार गर्यौ
म टुक्रिएको त्यहीँबाट हो
म फुटेको त्यहीँबाट हो
हो, म मान्छु यो सम्बन्धमा
गल्ती मैले पनि गरेको छु
गल्ती तिमीले पनि गरेकी छौ
गल्ती हामी दुवैले गरेका छौ
मैले तिम्रा स-साना गल्तीलाई
सानै सम्झिएर त्यत्तिकै छाड्न नहुने
मैले मेरा खोटहरु लुकाएर
चोटहरुको सागर सिर्जना गर्न नहुने
तिमीले तिम्रो मनमा लागेका कौतुहलता
Q &A को चालमा मनमै गुम्साउनु नहुने
तिमीले म हुदाहुदै म जस्तै मेरै स्थानमा
अरुलाई यसरी सजाउनु नहुने
हो , हामीले हामीलाई संकातित कुराहरू
आपसी छलफलबाटै टुङ्गो लगाउनु पर्ने
निष्ठुरी तिमी पनि हैनौँ
धोकेवाज म भएजस्तो पनि लाग्दैन
तर सत्यता दोषी हामी दुवै छौ
मैले तिमीलाई बुझ्न नसक्नु
तिमीले मलाई बुझ्न नसक्नु
सम्बन्धमा समझदारी अन्त्यष्टि भएकै दिन
न हाम्रो सम्बन्ध , सम्बन्ध रह्यो
न हाम्रो विश्वास , विश्वास रह्यो
रहेको झिनो आशा पनि
खोलामा बेगले हिर्काएको ढुङ्गा सरि
कहिले तल कहिले माथि
संकातित स्थापित भएर रह्यो
शंकै-शंकामा कहिले म बाजिनु
कहिले तिमी बाजिनु
कहिले म ठुस्किनु
कहिले तिमी ठुस्किनु
ठुस्किने बाजिने यो सम्बन्ध
तिमी आफै बुझ
तिमी आफै भन
कहाँ सम्मको यात्रा तय गर्ला
कहिले सम्म सन्तुष्टि प्रदान गर्ला
असन्तुष्ट र असम्भाव्य यो यात्रा
यहीँ बिट लगाउने पो हो कि ?
आ-आफ्नो गन्तव्य निर्धारण गर्ने प‍ो हो कि ?


#wordsofbinod
#अल्छी_कवि
author Binod khanal(अल्छी कवि )

14._____अमानव________
________poem________

कानुनको नजरमा कसेका हामी
समाजको नजरमा खसेका हामी
आफ्नो नजरमा फसेका हामी
हामीलाई नसोधियोस् तपाईंको संसारबारे
हामी त ! अन्जान छौ सवैबाट
तपाईंका मान्छेले हामीलाई मान्छे ठान्दैन
तपाईंको कानुनले हामीलाई समान ठान्दैन
कसरी मानु ? कि ! म तपाई कैँ  नागरिक हुँ
हामी स्वतन्त्रताबाट पर छौ
हामी सामाजिक पनबाट पर छौ
तरपनि हामी आफुलाई मानव ठान्छौ
तर तपाईंको संसारले अमानव ठान्छ
कसरी भनु ? कि ! तपाईको कानुन योग्य छ
आज म मरिरहेको छु बन्धनले
भोलि म जस्तै अरु मरिरहेको हुनेछ
त्यसैले म बोल्दैन तपाईको संसारबारे
जहाँ देखादेख गल्ती गर्ने योग्य हुन्छ
अन्जानमा गल्ती गर्ने दोषी
तपाईंको कानुनविदलाई के थाहा
सिद्धान्तमा समावेश केहि कुराहरु
जो व्यबहारमा उतार्न गाह्रो हुन्छ
व्यबहारमा अवलम्बित केही कुराहरु
जो सिद्धान्त मै उतारिएको हुदैन
उतार्ने झराल्ने रितमा पोख्त तपाईहरु
कसरी हाम्रा भावना बुझ्नु हुन्छ ?
हामी त ! गिरी सकेका छौ
अब उत्रन तपाईको संसारले दिदैन
हामी त ! भित्रभित्रै मरिसकेका छौ
बचाउन तपाईको समाजले मान्दैन
म कसरी तपाईको संसारको सत् वर्णन गरु ?
हामी तपाईको दुनियाँ देख्दा थुक निल्छौ
तपाई हाम्रो दुनियाँ देख्दा थुक फ्याक्नु हुन्छ
यो कस्तो समानता हो ?
यो कस्तो मानवीयता हो ?
समानताका नारा लगाउने तपाईहरु
एक पइलाको अन्तरमा पनि यस्तो असमानता
आखिर त्यो पनि तपाई कै संसारमा
तपाई रमाइरहदा हामी शोकमा हुन्छौ
तपाई कमाईरहदा हामी शोकमा हुन्छौ
के शोकमा रहेकै कारण बराबर कानुन छैन ?
आखिर कानुनले नै बञ्चित बनाएको छ
म कसरी मानु तपाईको नागरिक हुँ ?
के म नागरिक नभए अमानव हुँ ?

#Wordsofbinod
अल्छी कवि बिनोद खनाल

अघि बढ्यो विद्यालय


No comments: