Wednesday, July 13, 2022

मुक्तक नेपाल

"आज भोली राती राती, रून मन लाग्छ

चिच्याएर पिट्दै छाती, रून मन लाग्छ ।

बल गरेर खोज्छु रोक्न, झन् आसु झर्छ

सम्झिएर त्यही विश्वासघात,रून मन लाग्छ ।।"

हामी गरीबलाई के खाने गाँस भएन
सरकार देखि केही पाउने आस रहेन ।
बाच्नका निम्ति संघर्ष त गरेकै हौ हामी
बाढी अनि पहिरोले , लास रहेन ।

हर बखत भिज्ने असारमा छ जिन्दगी
बेच्न सक्ने चिझझै बजारमा छ जिन्दगी ।
बाध्यता हो वा चाहना बुझ्न खोज्दै छु म
कलीला ती चेलीको हजारमा छ जिन्दगी ।।

अौशी हैन पूर्णिमाको रात दिनुपर्ने
त्यसै माथि अवसरको खात दिनुपर्ने
भगवानले हाम्रो मिलन गराउनका लागि
म सँग मिल्ने जुल्ने जात दिनुपर्ने ।।

हे जुन तिमी पनि सिरमा बस्न सिक
म जस्तै उदास रह्यी पिरमा बस्न सिक ।
कति हाँस्छौ मेरो पीडा हेरेर त्यो माथि
कहिलेकाहीँ तल झरि जंजिरमा बस्न सिक ।।

नयाँ राम्रो कामको धित गर्नेहरू
अाफ्नो भन्दा अरुको हित गर्नेहरु।
सफल छन् सवैजना हेर राम्रोसँग
यो संसारमा सजिलै जित गर्नेहरू ।।

अाफ्नै बाबुअामाले अाजभोली ,बात लगाउँछन्
सुन्दै     नसुनी    मेरो     कुरा  , हात लगाउछन् ।
मन     परेर     दलितसँग    के  ,   बिहे     गरेथे
मेरा   निम्ति   मरिस   भन्दै , सराद  लगाउछन् ।

अरुको पिडा अाफ्नै पिडा सोचेनन् समाजमा
रुढीबादी भएरै नव सोच अटेनन् समाजमा ।
सवै लिङ्ग समान छन् दिनरात ज्ञान बाढेपनि
लैङ्गिक हिंसा अझैसम्म घटेनन् समाजमा ।।

अाजभोली केटी पट्याउन गाठी हुनुपर्ने
त्यसैमाथी   राति   राति , पाटी हुनुपर्ने ।
बिहान  साझ  भोक मेट्न , नसके पनि
ऋण  काढेरै  भएपनि ,  डुकाटी हुनुपर्ने ।।

पहिलो  पल्ट  धर्तिमा , तारा देखेपछि
अनौठो  त्यो  रहस्य   ,  सारा  देखेपछि
अाम्मा कसम म त हजुर, खंग्रङ्गै भएथे
अाफ्नै प्रियाको ३२ हातको, दाह्रा देखेपछि ।।

चित्त दुख्छ रुखा कठोर ,बात थाम्नुपर्छ
सुख-दुःख सँगै रहि ,अौकात थाम्नुपर्छ ।
दुनियाँभर लडदा हेर्ने ,जत्तिपनि हुन्छन्
तर  मन  मिल्ने  बन्न , हात थाम्नुपर्छ  ।।

तिमी सीता म राम ,सपना उस्तै भो
अाज  नै  गई भेटौ ,  रटना उस्तै भो ।
पाको  हुदै  गाँछ  यो   ,उमेर तरपनि
ढुङ्गामाटोकै सन्तान ,सृजना उस्तै भो ।।


हात थाम्छु यदि दिने ,अाट छ भने
संसार जित्छु यदि तिम्रो , साथ छ भने ।
ढुक्क हुनु पट्टि बाध्छु , तर धोका दिन्न
रोज्छु तिमी भलै अघि , जमात छ भने ।।

तिम्रो अामा मेरो अामा, बन्ने भए देखि
हरबखत सेवा गर्थे सत्य, सामन्ने भए देखि  ।
अासु झार्न दुखि हुन  ,दिने कैले थिएन
मात्र मेरो प्यारो ज्वाइँ ,भन्ने भए देखि ।।

अब सासू भन्ने कोहि ,नानी चाहियो रे
त्यस‌ै माथि उच्च स्तर ,बानी चाहियो रे ।
एसो सोच्छु तिमी बाहेक त्यस्तो क‍ो होला र
त्यसैले त भन्छु हजुर सम्हाल्नी चाहियो रे ।।


अब त अत्ती भो यार ,साथ दिने कुरा गर
परे बखत मेरो लागि ,माथ दिने कुरा गर ।
म मात्रै कति चोटमा , बस्ने बुझन तिमी
त्यसैले यो असारैमा , हात दिने कुरा गर।।

तिमी माया घट्छ भन्छौ, सुर नगरेरै
आछु नजिक अझ पनि, दुर नगरेरै ।
कसरी मानु तिमी माया , गर्दै गर्दिनौ
घृणा ताकि मेरो लागि ,उजुर नगरेरै ।।

रंग जस्तै रंगिन होस ,हाँसेरै जाओस् होली
बसन्तपुरको रमझममा ,नाचेरै जाओस होली ।
दुनियाँको  पर्वाह  नगरि , पागल  जस्तै रम्नु
बरु नयाँ नयाँ सम्बन्ध , गासेरै जाओस् होली ।।

कुरा काटेकाट म पाइला ,रोक्न जान्दैन
गर्छु कामकाज त जस्तो ,खोक्न जान्दैन ।
तेरो सोच तल्लो छ त , के नै अरु गर्थिस
म त सत्य मान्छु पराइलाई ,टोक्न जान्दैन ।।


चल्यो बन्दुक तर हजुर, गोली निस्केन
भयो बिहे तर हजुर ,डोली निस्केन  ।
मेरो पनि त्यस्तै छ ,बोल्छु फेसबुकमै
तर हजुर दुवैको प्रेममय बोली निस्केन ।।



बगेछ मन्दिर तर हजुर ,मुर्ति त्यस्तै छ
पावर मेरै हो भन्ने शिवको, फुर्ति त्यस्तै छ ।
यता नि सोही रोग सर्यो कि कसो हे दैव
byy byy massage पिच्छे, घुर्की त्यस्तै छ ।

No comments: