Sunday, July 24, 2022

Song

 रुपमा के छ र ?

रुपमा के छ र ? माया मनले गर्ने हो
अारोह अवरोह जीवनको हाम्ले गर्ने हो
समाज यो तर्केपनि
अाफ्ना ती झर्केपनि
अङ्गाल्छु पवित्र पुष्प झैँ
रुपमा...

* सुखको के प्रेमी दु:खमा साथमा नरहे
   दिलाइ अाफ्नोपन अनमोल अाभाषमा नरहे
   एक्लै तिम्लाई हुन दिन्न
   दु:ख पिडाले छुन दिन्न
   हसाउँछु खुसी राख्छु
   तर कहिले रुन दिन्न
रुपमा.....

* धनका ती सुख भलै भागमा नहोला
   सके त दिने नै छु केही अौकातमा नहोला
   मिठो-चोखो बाडी खाउला
   जे-जे मिल्छ त्यही लाउँला
   गर्छु दु:ख सुख खोज्न
   बरु अाफै म भार उठाउला
रुपमा...

* निरव छौ निर्दोशि स्वयम् म शव्द बनौला
   उषा बोकी मुहारमाझ सुनौलो गुच्छा उनौला
   अपुरो छ कहानी हाम्रो
   बनाउला यो अझै राम्रो
   देनमाझ एकअर्काका
   सजाउला घर हाम्रो

Last slow female version
आभुषण अहमताको जरो खुसी मै उर्जा छ प्यारा
सन्तोष हो जीवन यो सजाउने चाहिदैन जुन अनि तारा
दृष्टिभङ्ग भएछ समाजको निर्धन नै दोषीको दर्जा
हरदिन प्रत्यत्न छ मेरो नचुक्ला भलै चुकाउने तिम्रो कर्जा

राष्ट्रकविमा समर्पण

काव्य सुमन, श्वेत गगन शव्दव्रम्हा श्री चरणपाऊ
स्वर्ण शालिक, बिजित ध्वजा सगरशिरमा त्यो सजाऊ ।
ईश्वर तोषी, बनेर दोषी लगेनी खोसी आफुमाझ
चाह छ सबको नेपाली मनको बदली नियति तिम्लाई बचाऊ ।।

प्रवाह त्यो तिम्रो सरिमा सिन्धु रोकिएन कुनै शक्तिमा
निर्डर त्यो मुटु प्रभा पथमा जुटु नेपाल अामाको भक्तिमा
कविवर यो युगको कल्पवृक्ष कृतको पुस्त दियौं खजना
सत्यका छाप मनमनका राप सो सावित भए सजना ।

पराश्रय न थियो थियोे त केवल प्रेमपुञ्ज युक्त कलम
भक्तिभाव त्यो सोच कोमल त्यो वाणी कसरी टक्राउ सलाम
कमजोर छन् शव्द कमजोरै अनुभव यात्रा छ हाम्रो अादिमा
सुन्यता माझ कोही खोजेर हेरोस् हुनेछौ जहिले छातिमा ।

अमर छौ हे तिमी कवि हुदैनौ अस्त झरेर
युगको यात्रा वाङ्ममय कृष्ट दियौं रङ्ग भरेर
सम्मान स्वरूप श्रद्धा यो हाम्रो वैकुण्ठ तय गर्नेछौ
सपूत बनी पुन नेपालको धर्तीमाझ झर्नेछौ ।


अनमोल अासु
अनमोल अासु नझार साईली
फर्केर म अाउला ।
अोढाई घुम्टो लगाई सिन्दुर
बाचा म खाउला ।।

मेटाउनै पर्यो गरिबी खाडल
बनाउनै पर्यो घर ।
दु:खको जालो पन्छाउदै अब
बनाउनै पर्यो अाधार ।।

याद ती मेरा तर्काउहै नविन
विहानि पर्खेर ।
रोदन पछि खुसि फिर्ने
उक्तिलाई सम्झेर ।।


हिडन न परोस छुटिएर फेरि
धनको खोजिमा ।
बसौला सङ्गै संसारमा अाफ्नै
समाजको राजिमा ।।

अामा
तिमी गाको छेक्यो बाटो
हेर्छु तुवाँलोमा
फर्कि अाउ अामा तिमी
बाध अंगालोमा

साथमा हुदा बुझ्न गाह्रो
बिछोड पछि पाउन
जब बुझे मुल्य तिम्रो
सकिन हसाउन

के थाहा मलाई गाली भित्र
माया हुन्छ भन्ने
मुटु दुख्दा पिडा पोख्दै
अामा कस्लाई भन्ने

निदाउदा काखक‍ो अोछ्यान
सिरान कोमल हातको
अासु झर्दा चोट लाग्दा
अभाव तिम्रै साथको



मेरो शिउदो भर्छौ भन त
के चोखो माया सधैं गर्छौ भन त
बाकी छ यात्रा अझै जिन्दगीको
के पाइलामा पाइला चाल्छौ भन त


छन् केही रहरहरु
ती तिमी सँगै पूरा गरुला-2
तिमी मेरो लागि मर्छौ भने
म पनि तिम्रो लागि मरुला -2

No comments: